नेकपा एमाले र माओवादी केन्द्रबीचको हुने भनिएको एकताले गति नलिइरहेकाे बेला एउटा भिडियो भाइरल भएको छ ।

माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समय पहिलो एमालेबारे एउटा सार्वजनिक सभामा बोलेको भिडियो भाइरहल भएको हो ।

भिडियोमा प्रचण्डले एमाले पार्टी नभएको भन्दै नेपाली काँग्रेसमा प्रवेश गर्न भनेका छन् । उनले काँग्रेस र एमाले दुई पार्टी नभएर एउटै भएको बताए ।

अाफूले पहिलो संविधानसभामा चुनावसम्म अाउँदा अलग पार्टी भएको अाफूले ठानेको तर एमाले काँग्रेसको एजेण्डमा गइसकेको कारण छुटै पार्टीको अस्तित्व नभएको तर्क गरेका छन् ।

प्रचण्डले उत्तेजित रुपमा भाषण गर्दै एमालेको नेपालका काम नभएको बताउँदै इमान्दार नेता-कार्यकर्ताहरुलाई छातिमा हात राखेर सोच्न सुझाव समेत दिएका छन् ।

यस्तो छ भिडियो 

https://www.facebook.com/onlinedabali/videos/1752021691523742/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार