प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले पार्टी एकीकरणमा खासै चासो नदिनुका साथै होच्याउने गतिविधि गर्न थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईसँग एकीकरणको तयारी थालेका छन् ।

ओलीले हरेक ठाउँमा माओवादी र अध्यक्ष प्रचण्डसहितका नेताहरूलाई होच्याएर व्यवहार गर्न थालेपछि प्रचण्डले यस्ताे तयारी गरेकाे बुझिएकाे छ । लेनिन दिवसका अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा पनि एमालेले माओवादीलाई होच्याएर ब्यानर बनाएको थियो । कार्यकर्ताले विरोध गरेपछि दुईवटा ब्यानर राखेर कार्यक्रम गर्नुपर्ने बाध्यता आएको थियो ।

ओलीका साना तर मनभित्र चसक्क छुने गरेर हुने गतिविधिबाट आजित भएका प्रचण्डले बरु बाबुराम भट्टराईलाई नै नजिक ल्याएर पार्टी एकीकरणको तयारी थालेका हुन् । स्रोतका अनुसार प्रचण्डले आफ्ना केही निकटका नेताहरूलाई बाबुराम भट्टराईसँग वार्ता गराइ सकेका छन् ।

बाबुराम भट्टराईसँगको वार्ताले आकार लिन नसकेपछि प्रचण्ड र बाबुराम भट्टराई धेरै नजिक पुगेको बताइएको छ ।

त्यति मात्रै होइन प्रचण्डले ओली र एमालेसँगको पार्टी एकीकरण प्रक्रिया टुट्ने अन्तिम चरणमा रहेको भन्दै मोहन वैद्य, गोपाल किरातीसहितका नेताहरूले नेतृत्व गरेका पार्टीहरूसँग एकता गर्ने अभियानमा प्रचण्ड रहेकाे बुझिएकाे छ ।

माओवादी केन्द्रका कार्यकर्ता ओली र एमालेका केही नेताहरूबाट भएको व्यवहारले खासै खुसी छैनन् । माओवादी केन्द्रका कार्यकर्ताहरूले ओलीबाट पार्टी एकीकरण नहुँदै भइरहेका व्यवहारले भविष्यमा आफूहरू असुरक्षित रहेको बताउन थालेका छन् ।

ओलीको लागि माओवादीभित्र खतरनाक खेले खेल्दै आएका नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, जनार्दन शर्मा र शक्ति बस्नेतहरू प्रचण्डले पार्टी एकीकरण नगरेर आफूहरूले पार्टी फुटाएर एमालेमा विलय हुने तयारी समेत गरेको स्रोतको भनाइ छ ।

उनीहरूले पार्टी एकीकरणका लागि दवाव दिँदै आवश्यक पर्दा माओवादी फुटाउन सक्नेसम्मको चेतावनी दिएको स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार