
नेपाली कांग्रेसका युवा नेता गगन थापाले एमाले र माअाेवादी केन्द्रलार्इ नामधारी कम्युनिस्टकाे संज्ञा दिएका छन् ।
कांग्रेसकाे हालै शुरू भएकाे केन्द्रीय समिति बैठकमा गगन थापासहित ६ युवा केन्द्रीय सदस्यहरूले तयार पारेकाे राजनीतिक प्रतिवेदनमा एमाले र माअाेवादी केन्द्रलार्इ नामधारी कम्युनिस्टकाे संज्ञा दिइएकाे छ ।
कांग्रेसकाे राजनीतिक व्यवस्था भनेर चिनिने संसदीय व्यवस्था अाफुहरूकाे खेल मैदान भएकाे तर त्याे मैदानमा नामधारी कम्युनिस्टहरूले ७५ प्रतिशत हिस्सा लिनु कांग्रेसकाे दयनिय हैसियत रहेकाे कांग्रेसका युवा नेता गगनकाे भनार्इ छ ।
५१ पृष्ठ लामाे प्रतिवेदनमा नेपाली कांग्रेसले स्पष्ट नीति र कार्यक्रम लिन नसक्दा नेपालमा नामधारी कम्युनिस्टहरू अगाडि अाएकाे थापाकाे निचाेड रहेकाे छ ।
कांग्रेसमा मुख्य नेतृत्व गरिरहेका शेर बहादुर देउवालगायत शीर्ष नेताहरू कांग्रेसलार्इ अगाडि बढाउन असफल भएकाे भन्दै गगनले अबकाे कांग्रेसकाे नेतृत्व युवाहरूले गर्नुपर्ने दाबी गरेका छन् ।








