सरकार नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई खुसी बनाइरहँदा अर्का वरिष्ठ नेता माधवकुमार नेपाल चीनतिर लहसिएका छन् ।
अाेलीले याेजनाद्ध रूपमा माधवलार्इ चीनतिर पठाएकाे चर्चा पनि एमालेमा ।

ओली भारत भ्रमणमा जाँदै गर्दा माधव चीन भ्रमण थिए । चीनका उच्च अधिकारीसँग माधवको सम्बन्ध बलियो रहेको छ । एमाले सरकारका पालामा भारत र चीनसँगको समदुरी कायम गर्न ओलीले यो रणनीति अख्तियारी गरेकाे बुझिएकाे छ ।
अाफ्नै शीर्ष दुर्इ नेताहरू भारत र चीनतिर लुसुक्क र खुसुक्क हुँदा एमालेका नेता र कार्यकर्ताहरू भने अलमलमा परेकाे बुझिएकाे छ ।
‘हामीहरू कतातिर लाग्ने, चीनतिर वा भारततिर ?’ एमाले कार्यकर्ताहरूले नेताहरूलार्इ प्रश्न गर्न थालेका छन् ।
चीनका उच्च अधिकारी भेटेर नेपाल फर्केका माधवलाई सोमबार नेपालका लागि चिनियाँ राजदूत यु होङले भेट गरेकी थिइन् । बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा नेपालको प्राथमकिता र एमाले माओवादी पार्टी एकीकरण प्रक्रियाबारे चीनसँग कुराकानी भएको बताइएको छ ।
चीनले नेपालको विकासमा साथ दिने बताइएको छ । केही दिन अघिमात्र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली चीनको भ्रमण सकी फर्केका थिए । चीनलाई रेलमार्ग जोड्नका लागि अपिल समेत गरिएको थियो ।
माधवसँग युको भेटमा यस सन्दर्भमा पनि कुराकानी गरिएको बताइएको छ । बिआरआईमा नीतिगत, संरचनागत र प्रतिबद्धताको तहमा चीनले नेपालको प्राथमिकता बुझ्न चाहेकी थिइन् ।
नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा यस सबन्धी ठोस सम्झौता हुने विश्वास समेत नेता माधवले व्यक्त गरेका थिए ।
बिआरआईबाट नेपालले लिने सबैभन्दा ठूलो फाइदा ‘रोड कनेक्टिभिटीनै हो’ भन्दै केरुङदेखि काठमाडौंसम्म रेलमार्ग निर्माणमा चीनको सहयोग आवश्यक रहेको बताए ।







