नेकपा एमालेभित्र माअाेवादी केन्द्रका भनेर चिनिने वामदेव गाैतमले एकताका लागि प्रचण्डले भनेकाे सबै प्रस्ताव स्वीकारेर जाने भनेपछि एमाले मुख्यालयमा ठुलाे लफडा सिर्जना भएकाे छ ।

पार्टी एकताका लागि भनेर वामदेवले माअाेवादी केन्द्रका सबै माग पूरा गर्ने भनेर राखेकाे प्रस्ताव सुनेपछि अध्यक्ष केपी अाेली हेरेकाे हेर्यै भए भने महासचिव इश्वर पाेखरेलले त्यसकाे प्रतिकार गरे ।

एमाले बैठकमा भएका गलफत्तीबारे जनअास्था साप्ताहिकले यस्ताे खुलासा गरेकाे छ । उसकाे खुलासा यस्ताे छ –

‘तपार्इहरूले साह्रै पेल्नु भयाे भने अलग नभर्इहुन्न । त्यसैले त्याे दिनका लागि सहजताका लागि पनि हामीलार्इ ५० प्रतिशत चाहिन्छ भनेर मागेपछि कसरी स्वीकार गर्न सकिन्छ ?’

गतसाता माअाेवादी केन्द्रसँग पार्टी एकताबारे निर्णय गर्न बसेकाे स्थायी समिति बैठकलार्इ ब्रिफिङ गर्दै अध्यक्ष केपी अाेलीले थपे, ‘प्रचण्डले मुखै फेरेर यसाे भन्नु भयाे, त्यसैले विषय गंभीर छ ।’

विहान बालुवाटारमा प्रचण्डसँग ३ घण्टा लामाे वार्ता गरेपछि साँझ बसेकाे बैठकमा एमाले नेताहरूले खुलेर अाफ्नाे धारणा राखेका थिए ।

राय पाेख्ने क्रममा उपाध्यक्ष वामदेव गाैतमले भने, ‘उनीहरूले जे माग्छन्, त्याे दिएर भएपनि एकतालार्इ पूर्णता दिनुपर्छ । अध्यक्ष माग्छन् भने त्याे दिनुपर्छ । ५० प्रतिशत नै दिए पनि फरक पर्दैन ।अरू थप केही माग छन् भने पनि त्याे दिनुपर्छ तर एकता नटाराैं ।’

वामदेवकाे प्रस्तावलार्इ महासचिव र्इश्वर पाेेखरेलले रूचिकर मानेनन् । स्राेतका अनुसार उनकाे प्रष्ट भनार्इ थियाे, ‘यहाँ कुरा संख्या र प्रतिशतकाे मात्र हाेइन । सैद्धान्तिक विषय पनि छन् । त्यसैले मागेजति लचिलाे भएर अगाडि बढ्न सकिदैन, हुँदैन ।’

उनीहरूका सबै माग पूरा गरेर एकता गर्नु हुँदैन भन्ने रायमा केपी अाेली पनि सहमत देखिन्थे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार