०६२-६३ काे जनआन्दोलनको नेतृत्व गर्नेमध्ये एक घटक नेपाल सदभावना पार्टी (आनन्दी देवी) का तत्कालीन कार्यवाहक अध्यक्ष भरत विमल यादवले केपी अाेलीले जनअान्दाेलनलार्इ मजाकमा उडाउने गरेकाे खुलासा गरेका छन् ।
एक अनलाइनसँगकाे कुराकानीमा यादवले बयलगाडा चढेर अमेरिका पुगिदैन भन्दै अाेलीले अान्दाेलनलार्इ हाेच्याउने गरेकाे बताएका छन् ।
केपी जनअान्दाेलनमा कहिल्यै सहभागी नभएकाे भन्दै उनले लाेकतन्त्र र गणतन्त्र नचाहेकाे समेत यादवकाे अाराेप छ । यादवले १९ दिने जनआन्दोलनलाई यसरी स्मरण गरेका छन् –

आन्दोलनाई मजाक उडाउथे ओली
त्यसपछि गिरिजाबाबुले ५ दलको बैठकमा उक्त प्रस्ताव ल्याउँदा एमालेले सुरुमा आनाकानी गरेको थियो । खास गरेर केपी ओलीको गुटले मरेको घोडाले पनि कहिँ घाँस खान्छ भनेर व्यङ्ग गर्दै प्रस्तावलाई अस्विकार गरेका थिए । तर, एमालेको नेतृत्व गरेका माधव कुमार नेपाल कन्भिन्स भएपछि संसद पुनस्र्थापनाको एक सुत्रिय माग राखियो ।
हुन त सात दलको बैठकहरुमा केपी ओलीले के पनि भन्ने गर्थे भने बैलगाडा चढेर अमेरिका पुगिन्छ भन्दै आन्दोलनलाई मजाक उडाउने गर्थे । ओली र प्रदिप नेपाल आन्दोलनमा कहिल्यै सहभागि भएनन् ।
संसद पुनर्स्थापनाको माग लिएर आन्दोलन बढ्दै गएपछि अटोमेटिकली राजा विरुद्धको आन्दोलनमा रुपान्तरण भयो । कांग्रेसका सन्तनेता कृष्ण प्रसाद भट्टराई गणतन्त्रको विरोधमा थिए । संवैधानिक राजतन्त्र पक्षधर थिए । गिरिजा बाबुलाई पनि उनले दवाव दिन्थे । तर, २०६१ माघ १९ को कदम पछि प्रतिगमन विरुद्धको आन्दोलन मासबाटै गणतन्त्रमा रुपान्तरित भएको थियो । प्रतिगमन सच्चाउ, संसद पुनर्स्थापना गर लगायतका नाराहरु तय गरिएको थियो ।
बैशाख २१ गते काठमाण्डौको रत्नपार्कमा भएको आमसभाबाट आन्दोलनको घोषणा भएको थियो । आन्दोलनको खुवी के थियो भने त्यतिबेला मधेसी र पहाडीको कुरा थिएन ।







