
वामपन्थी एकतामा रहेका एमाले र माअाेवादी केन्द्रका दुर्इ प्रभावशाली नेता घनश्याम भुषाल र राम कार्कीले एमाले र माअाेवादी केन्द्र कम्युनिस्ट पार्टी नरहेकाे खुलेयाम टिप्पणी गरेका छन् ।
एक अनलाइनसँगकाे कुराकानीमा यी दुर्इ नेताले यस्ताे खुलासा गरेका हुन् ।
एमालेका वैचारिक नेताका रूपमा चिनिने भुषालले एमाले र माअाेवादी केन्द्रकाे यात्रा चुनावदेखि चुनावसम्म मात्र रहेकाे बताएका छन् । माअाेवादी केन्द्रका नेता राम कार्कीले यी दुर्इ कम्युनिस्ट पार्टीसँग देशलार्इ डाेर्याउने राजनीतिक विचारधारा नै नभएकाे बताएका छन् ।
यसबारे नेकपा एमालेका नेता तथा बाम विश्लेषक घनश्याम भुषालले भनेका छन् –
“एमाले–माओवादीको यात्रा चुनावदेखि चुनावसम्म हो । यिनीहरु कारोडौंको खर्चगरेर चुनाव लड्छन् र फेरि अर्को चुनावको तयारी गर्छन । चुनाव लड्नु, सत्तामा जानु, आफ्ना पक्षकाहरुलाई मन्त्री र सरकारी नियुक्ति खुवाउनु, देश भाँडमा जाओस्, पार्टी र सत्तालाई लुटेर खाने भाँडो बनाउनु कम्युनिष्ट पार्टीको चरित्र होइन । यो त संसदीय दलाल पुँजीवादी पार्टीको चरित्र हो । माक्र्सवादको गुदि कुरा वर्गसंघर्ष हो । एमाले–माओवादीले यो पाटोलाई नै छाडेको देखिन्छ ।’
माओवादी केन्द्रका नेता नेता राम कार्की यसाे भन्छन्,
“कम्युनिस्ट भनेको अर्को अर्थमा सङ्घर्षको नाम हो । त्यो सङ्घर्षले एउटा अवस्थाको सृजना गर्छ । जसलाई हामीले साम्यवाद, कम्युनिजम भन्न सक्छौँ । त्यसलाई लागू गराउने मानिसहरू र पार्टीहरू कम्युनिस्ट हुन् । तर एमाले–माओवादीसँग देशलाई डोर्याउने रानजनीतिक विधारधारा नै भएन ।” कम्युनिष्ट पार्टीहरु माक्र्सवादबाट बिचलित भएर सत्तामा गएभने त्यसले सत्ताबाहिर भएको कम्युनिष्टहरुलाई नै दमन गर्ने ठाउँसम्म पुगेको पाइन्छ ।







