केपी अाेली नेतृत्वकाे सरकारले बुधबार मात्र नेपाल कम्युनिस्ट पार्टीका दुर्इ जिल्लाका सेक्रेटरी र अखिल क्रान्तिकारीका महासचिवसहित झण्डै दर्जन नेता र कार्यकर्तालार्इ गिरफ्तार गरेकाे छ ।

बुधबार विहानै नेकपाका ललितपुर सेक्रेटरी विपिन शर्मासहित दुर्इजना र मकवानपुरका सेक्रेटरी रामबहादुर घलान वाटरलार्इ शान्तिपूर्ण रूपमा हिडिरहेकाे बेला गिरफ्तार गरेकाे  छ ।

अाजै काठमाडाैं बागबजारबाट अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीलगायत ३ जनालार्इ प्रहरीले गिरफ्तार गरेकाे  छ ।

शान्तिपूर्ण गतिविधिमा सक्रिय भइरहेका  अाफ्ना नेता र कार्यकर्ताहरूलार्इ गिरफ्तार गरेकाेमा नेकपाले घाेर विराेध र भर्त्सना गरेकाे छ ।

नेकपा नारायणी व्युराे इन्चार्ज मिलन र मकवानपुर इन्चार्ज ज्वालाले अाफ्ना गिरफ्तार नेता कार्यकर्ताहरूलार्इ तत्काल रिहा गर्न सरकारलार्इ चेतावनी दिएका छन् ।

शान्तिपूर्ण गतिविधिमा रहेका नेकपाका नेता र कार्यकर्तालार्इ सरकारले दिनहुँ धरपकड र गिरफ्तार गर्न थालेपछि पत्रकार र मानवअधिकारवादीहरूले सरकारकाे यस्ताे कदमकाे घाेर विराेध र भर्त्सना गरेका छन् ।

कम्युनिस्टकाे नाममा बनेकाे अाेली सरकारले सामाजिक फासिवादी दमन गर्न थालेकाे भन्दै नेकपाले त्यसकाे डटेर प्रतिराेध गर्ने बताएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार