नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेतले भ्रष्ट प्रधानाध्यापक यादव अधिकारीलाइ उनकै कार्यकक्षमा कालोमसो  दलेर कार्बाही गरेको छ ।

चर्काे शुल्क लिएकाे, विद्यालयमा मदिरा सेवन गरेर अाउने गरेकाे, घुष खाएर शिक्षक सरूवा गरेकाेलगायत अराेप लगार्इ नेकपा निकट अखिल क्रान्तिकारीले यस्ताे कार्वाही गरेकाे बताएकाे छ ।

अखिल क्रान्तिकारी जिल्ला संगठन समिति सुर्खेतले एक प्रेस विज्ञेप्ती जारी गरेर कार्वाही गरेकाे स्वीकार गरेकाे छ ।

अधिकारीलार्इ ८ कारण देखार्इ कार्वाही गरिएकाे संगठनले कार्वाहीपछि जारी गरेकाे पाेष्टरमा उल्लेख गरेकाे छ ।

ती ८ कारणमध्ये विद्यालयमा अार्थिक हिनामिना गरेकाे, विद्यालयमा नियमित उपस्थित नहुने गरेकाेलागयत अाराेपहरू पनि जारी पर्चामा उल्लेख गरिएकाे छ ।

शिक्षा क्षेत्रमा देखा परेकाे विकृति र विसंगतिका विरूद्ध नेकपा निकट अखिल क्रान्तिकारीले धावा बाेल्ने उदघाेष गर्दै अाएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार