शान्ति प्रकियामा अाइसकेपछि माअाेवादीबाट तीन पटक प्रधानमन्त्री बन्दा र ६ जना गृहमन्त्री बनिसक्दा पनि बेपत्ता पारिएका विद्यार्थी नेता पूर्ण पाैडेलकाे खाेजबिन नहुनु निकै लाजमर्दाे भएकाे भन्दै माअाेवादी केन्द्रका युवा नेता लेखनाथ न्याैपानेले अाफ्नै नेताहरूप्रति तिखाे प्रहार गरेका छन् ।

अाफ्ना पूर्व सहकर्मी एव विद्यार्थी नेता पूर्ण पाैडेललार्इ तत्कालीन ज्ञानेन्द्र शाहीकाे शासनकालमा बेपत्ता पारेकाे १३ वर्षपछि अहिलेसम्म खाेजी हुन नसक्नु अाफ्नै नेताहरूकाे ठूलाे लाचारीपन भन्दै उनले प्रचण्ड, बादललगायत नेताहरूप्रति निकै कडा शव्दमा तिखाे प्रहार गरेका छन् ।

सामाजिक संजाल फेसबुकबाट उनले माअाेवादी केन्द्रका नेताहरू मन्त्री र प्रधानमन्त्री भइरहनुपर्ने तर अाफुहरू बेपत्ता साथीहरू कहाँ छन् भनेर भाैतारिरहनु पर्ने भन्दै भावुक स्टाटस लेखेका छन् ।

अाज अाउँदा नेताहरूलार्इ मात्र जनवाद र समाजवाद अाएकाे उनकाे टिप्पणी रहेकाे छ ।

न्याैपानेकाे फेसबुक स्टाटस यस्ताे छ –

#हाम्रा नेताहरू तीन तीन पटक प्रधानमन्त्री हुँने #आधा दर्जन जति नेता गृहमन्त्री हुँने #063 देखि यता बनेका कुनै पनि सरकार पार्टीले नछाड्ने #जनवाद आएको #समाजवादको दिशामा अघि बढ्ने भन्ने #हामी कार्यकर्ता हाम्रा साथी कहाँ छन् भन्दै भौतारिनु पर्ने #हामीले जित्यौ कि हाम्रा एकाध नेताले मात्र जिते? @प्रीय साथी पूर्ण तिमी त वेपत्ता छौ #यही हुन्छ भन्ने थाहा पाको भए फरक ढंगले छलफल गरिन्थ्यो होला है @तिम्रो त्यागप्रति सधै नतमस्तक !

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार