केपी अाेली सरकारले संकटकाललार्इ बिर्साउनेगरी अाफ्ना नेता कार्यकर्तामाथि व्यापक दमनमा उत्रेकाे भन्दै नेपाल कम्युनिस्ट पार्टीले यही वैशाख २२ गते नेपाल बन्दको घोषणा गरेको छ ।

नेकपाका महासचिव विप्लवले वैशाख १४ गते अर्थात शुक्रबार एक वक्तव्य जारी गर्दै आफ्नो पार्टीका नेता कार्यकर्तामाथि वर्तमान सरकारद्वारा देशभरी गरिएको दमन, कार्यकर्ता बेपत्ता र गिरफ्तारीको विरुद्ध विभिन्न कार्यक्रमसहित नेपाल बन्दको घोषणा गरेका छन् ।

हालै मात्र कंचनपुरकाे बिचफाँटमा भारतीय सशस्त्र फाैजले नेपाली जमिन अतिक्रमण गर्दासमेत चुँ गरेर नबाेल्ने अाेली सरकारले राष्ट्रियताका निम्ति अान्दाेलन गरिरहेका अाफ्ना नेता कार्यकर्तामाथि व्यापक दमनमा उत्रिनु सरकार फासिस्ट बनेकाे भन्दै महासचिव विप्लवले यस कदमकाे कडा शव्दमा विराेध गरेका छन् ।

विज्ञेप्तीमा भनिएकाे छ- ‘वर्तमान केपी—पीके गठबन्धन सरकार दिनदिनै फासिस्ट बन्दै गइरहेको छ । आफूलाई कम्युनिस्ट भनेर जनतामा भ्रम छरिरहेको यो सरकारले जनताको संघर्षबाट प्राप्त सीमित अधिकारहरु पनि खोस्दै गइराखेको छ । विचार राख्ने, सभाजुलुस गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ, भनें भ्रष्ट्राचारी, कालोबजारी, राष्ट्रघातीहरुको संरक्षण गरिरहेको छ । भ्रष्टाचार, कालोबजारी, राष्ट्रघातको विरोध गर्ने जनता हाम्रो पार्टीका नेता र कार्यकर्ताहरुलाई घरमा बसिरहेको, सांगठनिक काममा लागेको बेला, भेला सम्मेलन गर्दा गिरफ्तार गरेर बेपत्तासम्म पार्ने काम यो सरकारले गरिराखेको छ । सरकारका यस्ता रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।’

शान्तिपूर्ण सभाजुलुशमाथि समेत अाेली नेतृत्वकाे सरकारले प्रतिबन्ध लगाएर देशमा संकटकालकाे झल्काे दिनेगरी दमनकाे प्रतिक्रियावादी कदम लिएकाे महासचिव विप्लवकाे विज्ञेप्तीमा उल्लेख छ ।

साथै उक्त बक्तव्यमा वैशाख १९ गते देशैभरी प्रदर्शन, वैशाख २० गते कोण सभाहरु, वैशाख २१ गते साँझ साल जुलुस र वैशाख २२ गते नेपाल बन्द सहितको कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार