
नयाँ क्रान्ति गर्ने भन्दै अाइरहेकाे नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले आज वृहत् युवा मार्चपासको आयोजना गरेको छ ।
शुक्रबार दिनको १ बजेबाट काठमाडौं रत्नपार्कको खुल्लामञ्चबाट नारा जुलुससहित क्रान्तिकारी युवाहरुको मार्चपास बागबजार, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, सुन्धरा, न्यूरोड हुँदै इन्द्रचोकमा पुगेर सभामा पुगेर काेणसभामा परिणत भएकाे छ ।
देशैभरिबाट सयाैं युवा मार्चपासमा सहभागी भएकाे आयोजकहरुले बताएका छन् ।
मार्चपासपछिकाे काेणसभालार्इ क्रान्तिकारी लिगका अध्यक्ष अाकाश, नेकपा क्रान्तिकारी मााेवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले बाेलेका छन् ।
मार्चपासमा बाेल्दै नेता गजुरेलले अाेलीकाे सरकारले शान्तिपूर्ण सभा जुलुशसमेत गर्न नदिएर अाेली सरकार फासीवादी बनेकाे भन्दै त्यसकाे अाफुहरूले जसरी पनि प्रतिराेध गरिछाड्ने चेतावनी दिएका छन् ।
अाेली सरकार कमजाेर भएर शान्तिपूर्णसभालार्इ प्रतिबन्ध लगाउन पुगेकाे नेता गजुरेलकाे भनार्इ छ ।
युवा मार्चपासलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले सम्बोधन गर्दै छन् ।








