नेकपा माअाेवादी केन्द्रका महासचिव  मोहन वैद्य किरणले एकतर्फी समृद्धिकाे कुरा मात्र गरेर अाेलीले देशकाे सीमा मिचिदा नबाेलेकाेमा अाक्राेश व्यक्त गरेका छन् ।

साथै महासचिव वैद्यले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद भारतमा पुगेर विलिन भएकाे अाराेप लगाएका छन् ।

अाफ्नाे  पार्टीद्धारा शुक्रबार काठमााडैं युवा जागरण तथा मार्चपासलार्इ संबाेधन गर्दै वैद्यले केही हप्ताअघि भएको प्रधानमन्त्री ओलीको भारत भ्रमण र त्यहाँ भएको सम्झौताले उनको नक्कली राष्ट्रवाद उदाङ्गिएको बताए ।

नेता वैद्यले प्रधानमन्त्री ओलीले समृद्धिका कुरा गरेर जनतालाई भ्रममा पारेको आरोप समेत लगाए ।

‘प्रधानमन्त्री ओली समृद्धिका कुरा गर्छन् तर सीमा मिचिँदा किन बोल्दैन ? ओली नेतृत्वको सरकारलाई अहिले राष्ट्रवादी भनिए पनि त्यसले दलाल पूँजीवाद र सामन्तवादको रक्षाकवचको काम गरिरहेको समेत उनले आरोप लगाए ।

महासचिव वैद्यले यो सरकारले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको रक्षा गर्न नसक्ने समेत उनले ठोकुवा गरे । महासचिव वैद्यले अर्को एक प्रसंगमा झापा आन्दोलन र जनयुद्धको नेतृत्व गरेको जस एमाले र माओवादीले लिन नमिल्ने समेत बताए ।

उनले ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै  ती आन्दोलनको नेतृत्व गरेको नाममा कम्युनिष्ट आन्दोलनलाई संसदमा लगेर टुंग्याएको आरोप समेत लगाए ।

युवा मार्चपासलार्इ पार्टीका नेताहरू सीपी गजुरेल, रामसिंह श्रीसलगायत नेताहरूले संवाेधन गरेका थिए ।

ओलीको राष्ट्रवाद उदाङ्गियो

ओलीको राष्ट्रवाद उदाङ्गियो

ओलीको राष्ट्रवाद उदाङ्गियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार