नेकपा क्रान्तिकारी माअाेवादीका वरिष्ठ नेता सीपी गजुरेलले सुरक्षाको नाममा ओली नेतृत्वको सरकारले विरोध, धर्ना, जुलुस गर्न प्रतिबन्ध लगाएकोप्रति कडा विरोध गर्दै त्याे अाेलीकाे फासिवादकाे चरम रूप भएकाे बताएका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका गजुरेलले गणतन्त्र ल्याउन अाफुहरूले अनगिन्ती बलिदान गरेकाे तर त्यही बलिदानकाे जगमा खडा भएकाे अाेली सरकारले अाफुहरूलार्इ सडकमा शान्तिपूर्ण सभा र जुलुश नै गर्न नदिनु फासीवादकाे भद्धा प्रहर्सन भएकाे बताए ।
‘हामीले रगत बगाएर ल्याएको गणतन्त्रमा सडक आन्दोलन गर्न हामीलाई नै प्रतिबन्ध लगाउने ?’ गजुरेलले ओली सरकारलाई प्रश्न गरे ।
काठमाडौंमा क्रान्तिकारी युवा लिगको युवामार्चपासलाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले भने ‘सडक आन्दोलन हाम्रो अधिकार हो, यो फासिवादी सरकारको विरोध र भण्डाफोर गर्छौं’
“खबरदार ! सडक जनताको हो, विरोध गर्न पाउनु जनताको अधिकार हो । हामी सडक संघर्ष गर्छौं र यो फासिवादी सरकारका हरेक कर्तुतको सडकबाट विरोध र भण्डाफोर गर्छौं । सडक आन्दोलन हाम्रो अधिकार हो । यो कदापी खोस्न दिंदैनौं ।”
दलाल, नोकरशाही पुँजीपतिवर्गको सरकारले युवाहरुलाई विदेशमा बेचेर उनीहरुकै पसिनाले देश चलाइरहेको भन्दै गजुरेलले अब युवाहरुलाई विदेशमा बेच्ने कम्पनीहरु खारेज गरिनुपर्ने धारणा व्यक्त गरे ।
‘सबै युवाहरुलाई स्वदेशमै सरकारले रोजगारीको व्यवस्था गर्नुपर्छ, रोजगारी नदिए बेरोजगारी भक्त दिनुपर्छ’ उनले भने।
चुनावमा पराजित भएपछि कांग्रेसी युवाहरु नुन खाएको कुखुरा जस्ता भएका र माकेका युवाहरु एमालेसँग आत्मसमर्पण गर्न नपाएर रोइरहेको चर्चा गर्दै गजुरेलले क्रान्तिकारी युवा लिग ती सबै आत्मसमर्पणकारी, अवसरवादी प्रवृत्तिका विरुद्ध सशक्त भएर अघि बढ्नु पर्ने बताए ।







