माअाेवादी केन्द्रभित्र एमालेमा निशर्त एकता गर्ने पक्षमा रहेका टाेपबहादुर रायमाझीले पार्टी एकताका लागि प्रचण्डकाे नीजि व्यवस्थापनलार्इ लिएर विलम्व गर्न नहुने बताएका छन् ।

एक अनलइन मिडियासँगकाे कुराकानीमा नेता रायमाझीले पार्टीले पचास पचासकाे कुरा गरेर एकतालार्इ अड्काउन नहुने बताएका छन् ।

रायमाझीसगकाे गरेकाे कुराकानीकाे सानाे अंश यस्ताे छ –

समानतामा आधारित भनेको ५०/५० होइन र ?

ठ्याक्कै ५०/५० नहुन सक्छ । थोरै तलमाथि पर्न सक्छ । २०/३० जना यताउता हुन्छ । अर्को कुरा केन्द्रमा एउटा मोडालिटीमा हुन्छ तर, जिल्ला र प्रदेशमा त्यस्तो हुँदैन । जिल्लाहरुमा जसको जहाँ प्रभाव छ, त्यहाँ उसले नेतृत्व गर्ने कुरा हुन्छ । केन्द्रमा भएको मोडल तल्लो तहमा लागु हुँदैन भन्ने सहमति हो ।

बेलाबेला प्रचण्डको व्यवस्थापनका कुरा पनि आउँछन् । एकता महाधिवेशनबाट प्रचण्ड अध्यक्ष हुने र प्रधानमन्त्रीमा आलोपालो सुनिश्चित नभएर एकता नभएको हो ?

वार्ताको टेबुलमा विभिन्न कुरा आएका छन्, तर यसलाई एकताको लागि समस्याको विषय बनाउनुपर्छ भन्ने मलाई लाग्दैन । प्रचण्डलाई २ वर्षपछि अध्यक्ष बनाउने कुरा पनि वार्ताको टेबुलमा आएको होला । यो कुरा अहिले सार्वजनिक बहसमा ल्याउन जरुरी छैन । कुरा के–के भए भन्दापनि निष्कर्ष के आयो भन्नेमा जानुपर्छ । प्रधानमन्त्री आलोपालो भन्ने पनि यो बाहिर ल्याउने कुरा होइन । उहाँहरुबीच भद्र सहमति जे हुन्छ, त्यो हामीलाई मान्य हुन्छ ।

तर, प्रचण्डले आफ्नो व्यवस्थापनको सुनिश्चितता चाहिँ खोजेकै हो ?

प्रचण्डको पनि व्यवस्थापन होस् तर, सबै नेताको व्यवस्थापन हुनुपर्छ । उहाँको मात्र व्यवस्थापनले हुँदैन । सबै नेता–कार्यकर्ताको व्यवस्थापन हुनुपर्छ ।

उहाँलाई के लागेको छ, मलाई थाहा छैन । व्यवस्थापन हुनुपर्छ भने सबैको हुनुपर्छ । कम्युनिस्ट पार्टीका नेताहरु सबैको व्यवस्थापन आवश्यकताअनुसार हुनुपर्छ ।

तपाई चाहिँ एकता नहुँदै केपी ओलीतिर लाग्नुभएको रे होइन ?

म एमाले–माओवादी एकताको पक्षधर हुँ । म एक्लै कता लाग्ने भन्ने पनि होइन । यो त चलिरहन्छ । म अहिले एकताको पक्षमा लागेको छु, कसैको नजिक वा टाढा होइन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार