माअाेवादी केन्द्रका नेता मणि थापाले एमाले अध्यक्ष केपी शर्मा अाेली पाँच वर्षसम्म प्रधानमन्त्री बनिरहने हाे भने पार्टी अध्यक्ष प्रचण्डले पाउनुपर्ने दाबी गरेका छन् ।

एक अनलाइनसँगकाे कुराकानीमा माओवादी केन्द्रका नेता मणि थापाले ओलीसँगको एकान्त वार्ता बस्नु अगाडि पार्टी अध्यक्ष प्रचण्डले शीर्ष नेताहरुसँग छलफल गरेको जानकारी समेत दिए ।

“हामीले माथिदेखि तलसम्म सम्मानजनक एकता गर्न अध्यक्षलाई सुझाव दिएका छौं । हामीले पावर सेयरिङमा सम्मानजनक हुनुपर्छ भनेका छौं । पछि हट्ने कुरा छैन ।”

उनले एमाले अध्यक्ष केपी शर्मा ओली पाँच वर्षको लागि प्रधानमन्त्री हुने भए प्रचण्डलाई पाँच वर्षकै लागि अध्यक्ष पद दिनुपर्ने धारणासमेत राखे । “ओलीजी पाँच वर्ष पिएम हुने भए हामीलाई सीएम चाहिन्छ,” थापाले थपे ।

माओवादी केन्द्रका अर्का एक नेताका अनुसार शीर्ष नेताहरुले आजको बैठकमा माओवादी अध्यक्ष दाहाललाई एमालेसँग महाधिवेशनपछाडिको अध्यक्ष अहिले नै फाइनल गर्न दबाब दिएका थिए ।

“महाधिवेशनको कुरा महाधिवेशनमा गर्ने कुरा त ठीक हो । तर, अहिले नै फाइनल गरेर जानुपर्छ । पार्टी एकताको लागि नम्स हो नि त अरु कुरा भन्दा पनि । नम्सअनुसार जानुपर्‍यो नि होइन ?” ती नेताले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार