
हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को चुनावमा जनताले थाग्नामा सुताउनसक्ने भन्दै तिखाे अालाेचना गरेका छन्।
देशकाे सीमामा भारतीय सशस्त्र प्रहरीले अाएर सीमा मिच्दा केही पनि नबाेलेपछि कलाकार घिमिरेले अाेलीलार्इ यस्ताे तिखाे प्रहार गरेका हुन् ।
मोदी समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले के, कस्ता मुद्दा उठाउने हुन्, त्यो सार्वजनिक नभएका बेला माँग्ने बुढाले प्रधानमन्त्री ओलीलाई सीमा क्षेत्रमा भएका हस्तक्षेपको मुद्दालाई उठाउन सुझाव दिएका छन् । त्यसो नगरिए जनताले थाग्नामा सुताउने चेतावनी उनले दिएका हुन्।
प्राय देशका समसामयिक विषयबारे फेसबुकमा आफ्नो भावना पोख्ने माग्नेबुढाले फेसबुकबाटै प्रधानमन्त्रीलाई यो सुझाव दिएका हुन् ।
उनले आफ्नो स्टाटसमा भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीले पाएको डाक्टर उपाधि फिर्ता गर्नसमेत आग्रह गरेका छन् ।
माग्नेबुढाको स्टाटस यस्तो छः
केपी बा, हजुरले मोदी काकालाई रातो कार्पेट ओछ्याउनै लाग्दा उता मोदीका भतिजाहरुले सिमानामा थॉग्नो ओछ्याएछन । रास्ट्र्बादीको बिल्ला भिरेको सरकारले कुटनीतिक तबरले यो समस्या समाधान नगर्ने हो भने नेपाली जनताले अर्को चुनावमा हजुरहरुलाई त्यही थॉग्नामा लगेर सुताउछन्। देखिएका समाचार सत्य हुन भने, सिमानामा ठोस संरचना बन्यो भने भोलि सिमाना सार्न सकिदैन भन्ने आशयले नेपाल भित्र आएर खम्बा उखेलेका रहेछन। अस्ती हजुरलाई डाक्टरको उपाधि भिराएर पठाका छन क्यार, मोदी काका आउँदा त्यो उपाधि हातमा थमाएर भन्नुहोला, उपाधि लानोस ,सिमाना छोड्नोस।– शिघ्र समस्या समाधान होस भनी माग गर्दछु। जय मातृभूमि।







