नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाका निजी विद्यालयलाई जनपरिषद्मा दर्ता गर्न उर्दीसहितको चेतावनीमुलक पत्र पठाएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टीको समानन्तर सरकार जनपरिषद् नेपालकाे नाममा पार्टीले प्याब्सनमा आबद्ध विद्यालयलाई पत्रचार गरेको हो ।

शुक्रबार जिल्ला प्याब्सन झापाका अध्यक्ष कोषराज प्याकुरेलललाई समेत पत्र पठाउँदै झापाका निजी विद्यालयहरुको विवरणसहित १५ दिन भित्र जनपरिषदको कार्यालयमा आउन भनिएको छ ।

पत्रमा लिम्बुवान स्वायत्त प्रदेशको झापा जिल्ला जनपरिषद् प्रमुख सुमनसिंह पौडेलले हस्ताक्षर गरेका छन् ।

पत्रमा यदि समयभित्र दर्ता नगरिएमा जनपरिषदको नियम बमोजिम हुने उल्लेख गरिएको छ । जनपरिषद्को नियम र कार्यालय रहेको स्थानबारे केही खुलाइएको छैन ।

नेकपाकाे जनसरकारकाे चिनिने जनपरिषदले नीजि विद्यालयकाे नाममा पठाएकाे पहिलाे पत्र हाे ।

देशैभरि स्थानीय जनप्रतिनिधिहरूकाे राजिनामा मागेर चेतावनी पत्र पठाएकाे नेकपाले नीजि संस्थाहरूमा पनि चेतावनी पत्र पठाएपछि अब   नीजि स्कुल र नीजि मेडिकलहरू संघर्षकाे निशाना बन्ने देखिएकाे छ ।

नीजि स्कुल र मेडिकलहरूले मनपरी पैसा लुटेकाे भन्ने सर्वसधारणहरूकाे जनगुनासाे अाएपछि नेकपाकाे स्थानीय जनसरकारले यस्ताे पत्र पठाएकाे अाँकलन गरिएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार