पुनर्गठित माअाेवादी केन्द्रका संयाेजक गाेपाल किरातीले अाेली सरकारले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसिहत नेताहरूमाथि लगाइएकाे मुद्धाहरू खारेज गरी वार्तामा बाेलाउन सरकारलार्इ अाग्रह गरेका छन् ।

नेकपाका नेताहरूमाथि लगाइएकाे मुद्धा खाेरज भएसँगै विप्लवसहित नेताहरू पनि सरकारसँगकाे वार्तामा अाउन किरातीले नेकपाका नेताहरूलार्इ अाग्रह गरेका छन् ।

हालै सम्पन्न साे पार्टीकाे केन्द्रीय समितिकाे बैठकपछि संयाेजक किरातीले निकालेकाे प्रेस विज्ञेप्तीमा यस्ताे कुरा उल्लेख गरिएकाे छ ।

साथै किरातीले प्रचण्ड समुहकाे दक्षिणपन्थी अात्मसर्पणवादका विरूद्ध भण्डाफाेर गर्दै क्रान्तिकारी र इमान्दार नेता कार्यकर्ताहरूलार्इ माअाेवादकाे धारमा उभिन अाव्हान गरेका छन् ।

प्रेस विज्ञेप्तीमा किरातीले भनेका छन्, ‘अन्त्यमा, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुमाथि लगाईएका मुद्दाहरु खारेजगरी आधिकारिक वार्तामा बोलाउन नेपाल सरकारसँग आग्रह गर्दै नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामा आउन आह्वान गर्दछौँ ।’

विज्ञेप्तीकाे अन्त्यमा भनिएकाे छ- ‘त्यस्तै प्रचण्ड समूहको दक्षिणपन्थी आत्मसमर्पणवादको भण्डाफोर गर्दै त्यस समूहमा रहेका इमान्दार क्रान्तिकारीहरुलाई शहीदको रगतले स्थापित माओवादको धारामा दृढतापूवर्क उभिन जोडदार आग्रह गर्दछौँ । नेकपा (माओवादी केन्द्र) राष्टिय भेला आयोजक समिति माक्र्सवाद (लेनिनवाद(माओवादलाई नेपाली क्रान्तिको विज्ञान स्वीकार गर्ने कम्युनिष्ट समूहहरुबीच एकताको लक्षमा दीर्घकालीन सयुंक्त मोर्चा निर्माणका लागि विशेष आह्वान गर्दछौँ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार