नेपालकाे पर्यटकीय क्षेत्र घुम्ने नाममा नेपालका लागि पूर्व तीन राजदूतले एमाले र नेकपा माअाेवादी केन्द्र बीचको एकतालाई असफल बनाउन नेपालमा सक्रिय रहेकाे तथ्यकाे खुलासा भएको छ ।

गएकाे १८ दिनदेखि राजधानीकाे बत्तिसपुतलीस्थित द्वारिका होटलमा डेरा जमाएर बसेका तीन पूर्वराजदूतले एकता भाँड्न एमाले र माओवादीको दोस्रो तहका नेताहरूसँग दैनिक रूपमा छलफल गर्दै अाइरहेकाे स्रोतले बतायाे ।
एमाले र माओवादी केन्द्रको एकता गत बैशाख ९ गते नै गर्ने तिथि तय भइसकेकाे थियो । तर, एकताको मिति तय गरिएको भन्दा केही दिन अघि मात्र उनीहरू नेपाल आएका थिए । नेपाल आएलगत्तै उनीहरूले माओवादीका अध्यक्ष प्रचण्डदेखि अन्य नेताहरूलाई भेटेका थिए ।
भेटले प्रचण्डमा कुनै असर नभए पनि उनी निकट नेताहरूलाई भने प्रभावित पारेकाे श्राेतले बतायाे । औपचारिक राजनीतिक भेटघाट नभई ब्यक्तिगत र अनौपचारिक रूपमा नेपाल आएको बताउँदै आएका तीन पूर्वराजदूतले नेपालमा शुष्म माइक्रोम्यानेजमेन्ट गरिरहेको माओवादी केन्द्रका नेताहरूले नै बताउने गरेका छन् ।
पूर्वराजदूतहरू देव मुखर्जी, श्यामशरण र रञ्जित रे १८ दिनदेखि काठमाडौंको द्वारिका होटलमा बसेर भेटघाट गरिरहेका छन् । उनीहरू राजनीतिज्ञ, पूर्वप्रशासक, पूर्वराजदूतहरूलाई भेट गरिरहेका छन् । उनीहरूको भेटको मुख्य एजेण्डा नै एमाले–माओवादी केन्द्रको एकतामै केन्द्रित हुने गरेको स्रोतले बताएको छ ।
तीन पूर्वराजदूतले दैनिक राजनीतिक भेटघाट र एमाले–माओवादी एकतालाई मुख्य छलफलको विषय बनाउन थालेपछि दुई अध्यक्ष चनाखो बनेका छन् । केहीँ समय अगाडि मात्र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममा नै खुलासा गरेका थिए, एकता प्रक्रियालाई प्रभावित गर्न विदेशी शक्ति केन्द्र लागि परेको छ ।
उनको संकेत पनि त्यहीँ तीन पूर्वराजदूत माथी नै रहेकाे सहजै अनुमान लगाउन सकिन्छ । हुन याे बीच उनीहरूले नेपालका केही पर्यटकीय क्षेत्र घुम्ने काम पनि गरेका थिए ।
तर उनीहरूकाे मुख्य ध्येय नेपालकाे राजनीतिमा हस्तक्षेप खेल्न रहेकाे विश्लेषकहरूकाे राय रहेकाे छ ।







