संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा रहेको अरुण तेश्रो जलविद्युत आयोजनाको कार्यालयमा बम बिस्फोट भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी-९ स्थित तुम्लिङटारमा रहेकाे अायाेजनाकाे कार्यालयमा बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले गएराति १२ः२५ बजे अज्ञात समूहले आयोजनाको कार्यालयमा विस्फोट गराएको जनाएको छ । प्रहरीका अनुसार, विस्फोटबाट कार्यालयको क्षति भएको छ ।

‘राति १२ः२५ बजे कार्यालयको दक्षिणतर्फ बम विस्फोट हुँदा पर्खालमा सामान्य क्षति भए पनि अन्य क्षति भएको छैन’, इन्स्पेक्टर वेदप्रसाद गौतमले भने ।

विस्फोट कसले गरायो भन्नेबारे केही खुलेको छैन । घटनालगत्तै सुरक्षा सतर्कता अपनाइएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेपाल भ्रमणमा अाउँदा अरूण तेस्राे जलविद्युतकाे उदघाटन गर्ने याेजना भइरहदा याे याेजनालार्इ असफल पार्न याे अाक्रमण गरिएकाे हुन सक्ने विश्लेषण गरिएकाे छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार