नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफूलाई राष्ट्रवादी नेताको रुपमा चिनाउँदै आएका छन्। तर उनी सच्चिकै राष्ट्रवादी हुन् कि राष्ट्रवादी नेताको खोल मात्र ओढेका हुन् भन्ने कुराले सुदुरपश्चिमकाे बजार तातिन लागकाे छ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गरेको लगातारको ज्यादतीलाई नेपाल सरकारले गम्भीर रुपले नहेर्दा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको राष्ट्रवादको खाेल फुस्किएको टिप्पणी सुरु भएको छ ।
परम्परागत रुपमा चलिआएको चलन झैँ गरी लगातार भारतीय पक्षले गरेको ज्यादतीको कुनै कोणबाट पनि चासो नदिएको कारण यति बेला राष्ट्रवादको चर्को भाषण गर्ने ओलीको पश्चिम क्षेत्रमा विरोध सुरु भएको छ ।
विभिन्न बाहनामा बेला बेलामा भारतीय पक्षकाे नेपालमाथिकाे हस्तक्षप कायमै रहेकाे छ।
सरकारले हस्तक्षेपकाे विरोध गर्ने भनिएको भए पनि पछिल्लो केहि दिन यता भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरको पूर्नबास नगरपालिका वडा नं २ स्थीत १९५ नजिकैको सीमामा जंगली जनावर छेक्न लगाइएको तारबार एसएसबीले उखेलेर फाल्दासमेत कुनै चासो नदेखाएको भन्दै अाेली नेतृत्व सरकार चर्को विरोध सुरु भएको छ।
तीन महिनाअघि भारतसँग भएको सहमतिअनुसार नै पुनर्वास नगरपालिकाले करिब ६ लाख रुपैयाँ खर्चेर तारबार गरेको थियो । तर, एसएसबीले तारबार उखेलेर लगिदियो ।
भारतीय पक्षकाे ज्यादती असहय हुँदापनि केन्द्र सरकार माैन बसेकाे छ। किन प्रधानमन्त्री ओली यस विषयमा कुनै चाँसाे देखाएका छैनन्।
स्राेतका अनुसार प्रधानमन्त्री ओली यस विषयमा चाँसाे नदेखाउनुकाे कारण अागामी बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी दुई दिने नेपाल भ्रमणमा अाउन लागेकाेले कुनै मनमुटाव नहाेस भने बुझिएकाे छ।
यदि तत्काल प्रधानमन्त्री ओली कुनै कदम नचाले उनी सच्चिकै राष्ट्रवादकाे खाेल अाेढेकाे देखिन्छ।
राष्ट्रवादी नेता जहिले पनि राष्ट्रको हित कसरी हुन्छ त्यतातिर धेरै सोच्ने गर्छ तर प्रधानमन्त्री ओली नेपालकै जनताकाे सुनवार्इ गरेका छैनन्। अनि कसरी राष्ट्रवाद नेता भए।







