नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सशस्त्र जनयुद्ध र दोस्रो जनआन्दोलनले आंशिक राजनीति परिवर्तन मात्र भएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघद्वारा नेपालगंजमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “मुलुकको कम्युनिष्ट आन्दोलन अहिले अवसरवादमा रुपान्तरित भएको छ, संसदीय व्यवस्थासँग सम्झौता भएको छ ।”

सच्चा कम्युनिष्टहरुले संसदीय व्यवस्थालाई उपयोग गर्ने हो, स्वीकार गर्ने होइन भन्दै महासचिव वैद्यले अहिले आफूलाई वाम र कम्युनिष्ट भन्नेहरुले नेपाली काँग्रेसकै संसदीय व्यवस्था मानेको विचार व्यक्त गरे ।

‘एमाले र माअाेवादी केन्द्र सारमा कांग्रेसकाे बाटाेमा गएका छन् ।’ वेद्यले भने, ‘कम्युनिस्टहरूकाे बाटाे संसदीय व्यवस्था हाेइन, तर नेपालका अाेली र प्रचण्डहरू संसदीय बाटाेमा गए ।’

केही दिन अघि कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसकाे मैदान संसदीय व्यवस्था भएकाे तर त्यही मैदानमा नेपालका नामधारी कम्युनिस्टहरू हावी भएकाे भनेर टिप्पणी गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार