वामपन्थी राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले एमाले र माअाेवादी केन्द्रकाे एकता हुनै नसक्ने विश्लेषण गरेका छन् ।

माले राजनीतिबाट राजनीति शुरू गरेका तर पछि प्राध्यापन पेशा अंगालेका डा. केसीले एमाले र माअाेवादी केन्द्रमा कम्युनिस्टमा हुनु पर्ने गुण नै नभएकाे दाबी समेत गरेका छन् ।
डा केसीले यी दुर्इ नाम मात्रकाे कम्युनिस्ट पार्टी भएकाेले पदमा सारा एकता अड्केकाे बताएका छन् ।
उनले भने, ‘याे लेखेर राख्नुस् यी दुर्इ पार्टीकाे एकता हुँदैन।’
एक अनलाइन टेलिभिजनमा कुराकानी गर्दै विश्लेषक केसीले अाेलीभन्दा प्रचण्ड हजार गुणा पदकाे लाेभी भएकाेले तत्काल एकतामा गतिराेध अाएकाे टिप्पणी गरेका छन् ।
प्रचण्ड २५ देखि ३० वर्षसम्म मुख्य नेतृत्वमा रहेर पनि अझै नेतृत्वमा रहनुपर्छ भन्ने प्रचण्डमा रहेकाे व्यक्तिवादी प्रवृति हावी रहेकाे डा. केसीकाे भनार्इ छ ।
एमाले कम्युनिस्ट नरहेकाे र माअाेवादी खाअाेवादी भएका कारण यी दुर्इ नामधारी कम्युनिस्ट एकतामा अाउनु ठीकै भएपनि अहिले पदमा रहेकाे किचलाेले सारा एकता अड्किएकाे डा. केसीकाे टिप्पणी रहेकाे छ ।
डा. केसीसँगकाे कुराकानीकाे भिडियाे –
https://youtu.be/mkF-dWc2FYg







