
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रवाद लम्पसारवादमा परिणत भइसकेको बताएका छन्।
सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘ओली खोक्रो राष्ट्रवाद प्रधानमन्त्री भएपछि लम्पसारवादमा परिणत भइसकेको छ।’
सरकार तानाशाही ढंगले अघि बढ्न खोजेको उनको आरोप पथियो। लोकतन्त्र मासेर आयातित कम्युनिस्ट शासन लाद्न सरकारले प्रयास गरिरहेको देउवाले बताए।
एक तन्त्रीय शासन मान्य नहुने भन्दै उनले सरकार नसच्चिए बाध्य भएर आन्दोलनमा जाने चेतावनी दिए।
कांग्रेस सभापति शेरबहादुर देउवाले अाेली प्रधानमन्त्री बनेपछि लगातार भारतकाे लम्पसारवादी भन्दै अालाेचना र विराेध गर्दै अाएका छन् ।
हुन पनि पछिल्लाे दिनमा अाेलीले भारतले जे जे भनेकाे छ, भारतकाे निर्देशनलार्इ हुबहुँ गर्न थालेपछि उनकाे राष्ट्रवाद उदांगिएकाे धेरैले बुझ्न थालेका छन् ।







