नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अग्रगामी कम्युनिस्टहरूकाे ध्रुवीकरणमा जाेड दिएका छन् ।

१२९ औं मजदुर दिवसको अवसरमा आज शुभकामना दिँदै प्रचण्डले कुन कम्युनिस्ट पार्टी अग्रगामी हाे भन्ने कुरा उल्लेख गरेका छैनन् तर उनकाे अाशय नयाँ प्रंसँगमा अाएकाे छ ।

एमालेसँग प्रचण्डकाे अन्तरसंघर्ष चर्किरहँदा प्रचण्डले नेपालका माअाेवादीहरू अग्रगामी कम्युनिस्ट भनेका हुन् या के हाे त्याे भने उनले खुलस्त पारेका छैनन् ।

प्रचण्डले भनेका छन्, ‘देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको यस सन्दर्भमा सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य आवश्यकता बनेको छ । अग्रगामी कम्युनिष्टहरुबीचको ध्रवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिन्छ ।’

प्रचण्डले संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदुर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सक्ने विश्वास पनि व्यक्त गरेका छन् ।

समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार भएको प्रचण्डले विज्ञेप्तीमा जनाएका छन् ।

प्रचण्डकाे विज्ञेप्तीकाे पूरा पाठ –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार