पुनर्गठित माअाेवादी केन्द्रका संयाेजक गाेपाल किरातीले १२९ अाैं मर्इ दिवसकाे अवसरमा एक विज्ञेप्ती जारी गरेर सम्पूर्ण उत्पीडित मजदुरहरूमा मुक्तिकाे अपिल गरेका छन् ।

साे विज्ञेप्तीमा किरातीले हाल संसदवादीहरूले जारी गरेकाे संघीय प्रणालीकाे तीव्र रूपमा विराेध गर्दै उत्पीडितहरूकाे पहिचानका टेकेर संघीय संरचनाकाे घाेषणा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

किरातीले नेत्र विक्रम चन्द विप्लवद्धारा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललार्इ लिएर यही वैशाख २२ गते गर्न थालिएकाे नेपालबन्दलार्इ अाफ्नाे पार्टीकाे पूर्ण समर्थनसहित एेक्यबद्धता जाहेर गरेका छन् ।

देशमा प्रतिगामी र प्रतिक्रान्तिकारी शक्तिहरू सल्बलाउन थालेकाे भन्दै किरातीले सच्चा कम्युनिस्ट, देशभक्त र पहिचानधारी शक्तिहरू एक ठाउँमा अाउनु पर्नेमा जाेड दिएका छन् ।

किरातीद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ –

२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) स्वदेश तथा विदेशस्थित नेपाली श्रमिक दिदीबहिनी र दाजुभाइहरुमा सु–स्वास्थ्य एवं प्रगतिको शुभकामना व्यक्त गर्दछ । संघीय गणतन्त्र लगायत जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरु संस्थागत गर्दैै संविधानको जनतामा निहित सार्वभौमसत्ता र समाजवाद उन्मुख व्यवस्था कार्यान्वयन गर्न हाम्रो पार्टी निम्न अपील गर्दछ ।

१. नेपालको राष्ट्रिय स्वाधीनता, समाजवाद र समृद्धिका लागि श्रमिकवर्गको स्वामित्वमा राष्ट्रिय पँुजी निर्माण तथा व्यवस्थापनको राज्य नीति स्थापित गर्न, सम्पूर्ण वैदेशिक ऋण खारेज गरी नेपाली नागरिकलाई ऋण मुक्त पार्न, एकाधिकार चरित्रका सबै खाले परियोजनाहरु राष्ट्रियकरण र जनतामा निहित सार्वभौमसत्ताको अभ्यासका लागि सम्पूर्ण नीजि संस्था र नीजि सम्पत्ति राज्यको स्थानीय तहमा समुदायकरणको जोडदार माग गर्दछ ।

२. लिम्बुवान, कोचिला र शेर्पा स्वायत्तताको आन्दोलन जारी राख्ने प्रष्ट नीति सहित हाम्रो पार्टी १ नं. प्रदेशलाई किरात–कोशी, २ नं. प्रदेशलाई मधेश, ३ नं. प्रदेशलाई नेवा–ताम्सालिङ, ४ नं. प्रदेशलाई तमुवान–गण्डकी, ५ नं. प्रदेशलाई थरुवान–मगरात तथा ७ नं. प्रदेशलाई खसान–थरुवान नामाकरण गरियोस् भन्ने जनताको मागप्रति ऐक्यबद्धता जाहेर गर्दै जनताको माग अनुसार प्रदेश नामाकरण र वैज्ञानिक ढंगले राजधानी निर्धारण गर्न सम्बन्धित प्रदेशका माननीय सांसदहरुलाई हार्दिक आग्रह गर्छ ।

३. नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महान जनयुद्धद्वारा स्थापित क्रान्तिका मुद्धाहरु कार्यान्वयन गर्न संघर्षरत राजनीतिक संगठन हो । तर चारु मजुम्दारको रगत पिउने ज्योति बशुको भूत सवार खड्ग ओली सरकारले नेकपामाथि अघोषित प्रतिबन्ध लगाएर त्यसका नेताहरु विरुद्ध मुद्दा हाल्ने, गिरफ्तार गर्ने, वेपत्ता पार्ने जस्ता जघन्य दमन गरिरहेको छ । माओवादी कम्युनिष्ट मास्ने दलाल पुँजीवादी राज्य दमन विरुद्ध नेकपाद्वारा आयोजित “नेपाल बन्द कार्यक्रम” मा नीतिगत समर्थन गर्दै नेपाल सरकार–नेकपा वार्ताको लागि आह्वान गर्छ ।

अन्त्यमा, साम्राज्यवादी अमेरिका र त्यसका मतियारहरु गणतन्त्र र धर्मनिरपेक्षता खोसेर पुरानै एकात्मक हिन्दू राजतन्त्र फर्काउने भयानक षड्यन्त्र गर्दैछन् । त्यस प्रतिगामी षड्यन्त्रको भण्डाफोर गर्दै राष्ट्रिय समाजवादी गणतन्त्रको मोर्चामा उभिन सम्पूर्ण माओवादी कम्युनिष्टहरु, देशभक्त तथा प्रगतिशील एवं पहिचान पक्षधर जनसमुदायमा गम्भीर आह्वान गर्दछौं ।

गोपाल किराती
संयोजक, नेकपा (माओवादी केन्द्र)
राष्ट्रिय भेला आयोजक समिति

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार