
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा जनकपुरमा भव्य तयारी भइरहेको छ । अाजका प्रिन्ट मिडियामा प्रकाशित समाचारका अनुसार मोदीको सम्बोधन गर्ने सभामा १ लाख मान्छे उतार्न अाेलीकाे अादेशमा प्रदेश सरकारले आठ जिल्लामा सर्कुलरसमेत गरेको छ ।
मोदी यही वैशाख २८ गते पटनाबाट सीधै जनकपुर आउनेछन् । त्यसपछि काठमाडौं हुँदै मुस्ताङ जाने तयारी छ । बाह्रबिघा मैदानमा मोदी सवार हेलिकोप्टर अवतरण गर्ने छ ।
मोदीको.सुरक्षा व्यवस्थाका लागि जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने भएकाे छ । यसबाहेक सुरक्षा अवस्था बुझ्न भारतीय सुरक्षाकर्मी सोमबार नै जनकपुर आइसकेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् ।
मोदीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ ।
जनकपुरको साँचो मोदीलाई बुझाउने तयारी
जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ ।
धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए ।
नेपाल र भारत बीचको सम्बन्धमा जनकपुरको योगदान महत्वपुर्ण रहेकोले यहाँको विकासलाई गति दिन भारतीय सहयोग आवश्यक रहेको मेयर साहको भनाई छ ।







