सत्ता र शक्तिको उग्र भोक बोकेर हिड्ने प्रचण्डलाई त्यत्तिकै नेपाली राजनीतिको नमुना पात्र मानिएको होइन ।

स्रोतका अनुसार, हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राखेको अनौठो प्रस्तावले एमाले शीर्ष नेताहरुलाई आश्चार्यचकित पारेको छ ।
‘वान टु वान गोप्य वार्ताका क्रममा प्रचण्डले ओलीसँग गुनासोको पोका फुकाए । एमालेसँग विलय हैन एकीकरण गर्न मलाई व्यापक दबाब छ । कांग्रेसलगायत देशी विदेशी शक्ति केन्द्रहरुले प्रधानमन्त्री भएर पार्टी र आफ्नो अस्तित्व बचाउन थप दबाब दिएका छन् । म पनि एकीकरणकै पक्षमा छु । तर महाधिवेशनपछि मलाई अध्यक्ष वा प्रधानमन्त्री बनाउनेबारे न तपाईहरु कुनै लिखित सहमति गर्नुहुन्छ, न सार्वजनिक घोषणा गर्नुहुन्छ । बोल्दै जाँदा प्रचण्डले ओलीसँग थप गुनासो गर्दै गए, आत्मसमर्पण शैलीमा एकता गरेर एक दुई वर्षमा किन सिद्धिने बरु विकल्प खोजौ भन्दै साथीहरुले तलदेखि माथिसम्म दबाब दिएका दियै छन् ।’
धाराप्रवाह मनको कुरा खोल्ने क्रममा कुनै मित्र राष्ट्रको नाम लिँदै उक्त देशका राजदूतलाई साक्षी राखेर ओलीले प्रचण्डलाई भावी अध्यक्ष बनाउने प्रतिबद्धता व्यक्त गरे आफु एकताको निम्ति राजी हुने प्रचण्डले बताएपछि ओली तीनछक्क परेको धुम्वराही एमाले कार्यालयतिर चर्चा हुने गरेको छ ।
ओलीले प्रचण्डलाई भावी अध्यक्ष बनाउनेबारे पार्टी एकता संयोजन समिति र कार्यदलमा आश्वासन नदिइएकोमा पनि प्रचण्ड आक्रोशित देखिन्थे ।
देश र पार्टीको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप निम्ताउने शैलीको प्रचण्डको उक्त प्रस्ताव मान्न नसकिने जबाफ एमाले पंक्तिले प्रचण्डलाई दिइसकेको स्रोत बताउछ ।
साँघु साप्ताहिकमा अाधारित समाचार ।







