नेपाल कम्युनिस्ट पार्टीकाे एकीकृत जनजागरण तथा प्रतिरोध अभियानका क्रममा कपिलवस्तुको दानापुरमा प्रहरीले हस्तक्षेप गर्दा स्थानीय र प्रहरीबीच दाेहाेराे झडप भएकाे छ ।

नेकपाकाे शान्तिपूर्ण कार्यक्रमा क्षितिज सांस्कृतिक परिवारकाे सांस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दा यस्ताे झडप निम्तिएकाे हाे ।

प्रहरीले बलजफ्ती नेकपाका नेताहरूलार्इ शान्तिपूर्ण कार्यक्रम गरिरहँदा गिरफ्तार गर्न खाेज्दा स्थानीय जनताकाे प्रतिराेधबाट प्रहरीहरू असफल भएका छन् ।

स्थानीय जनताकाे प्रतिकारपछि प्रहरीले पार्टीका स्थानीय दुई कार्यकर्ता गिरफ्तार गरेकाे छ।

शान्तिपूर्ण कार्यक्रममा सांस्कृतिक टाेली क्षितिज साँस्कृतिक परिवार र रक्तरन्जित साँस्कृतिक परिवारकाे टाेलीलार्इ पनि प्रहरीले गिरफ्तार गर्न खाेजेकाे थियाे उनीहरूलार्इ जनताको प्रतिरोधका कारण लैजानबाट असफल भएका छन् ।

नेकपाकाे शान्तिपूर्ण कार्यक्रममा प्रहरीकाे हस्तक्षेपछिकाे भिडन्तमा कयाैं प्रहरी जवान घाइते भएकाे बुझिएकाे  छ ।

स्थानीयहरूकाे प्रतिराेधले प्रहरीहरू पुलिस कार्यालयतिर फर्किएकाे त्यहाँबाट एक स्थानीयले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार