एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि छलफल चलिरहँदा प्रचण्डले फेरि नयाँ बहस ल्याएका छन् । प्रचण्डकाे त्यो, नयाँ बहस हाे, ‘बृहत एकता’ को कोर्स ।

यो ‘बृहत एकता’ को कोर्सवारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधवार बसेको पार्टी बैठकमा बिफ्रिङ समेत गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडा बसेको सचिवालय वैठकमा प्रचण्डले नयाँ प्रस्ताववारे व्रिफिङ गरेका हुन् । जसलाई प्रचण्ड आफैले पुष्टी गरेका छन् ।

पार्टी एकताबारे विफ्रिङ र छलफलका लागि वोलाईएको वैठकमा प्रचण्डले ‘बृहत एकताको’ नयाँ प्रस्ताव अगाडि सारेका हुन् । उनको यो ‘बृहत’ शव्दले कता संकेत गर्छ ?

प्रचण्डले बैठकमा दिएको बिफ्रिङमा संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टीलगायतका शक्तिलाई पनि एकतामा जोड्ने प्रयास भएको जानकारी गराएका छन् ।

एमाले र माओवादीवीच एकतामा ढिलाई भैरहेका बेला प्रचण्डले ‘बहृत एकता’ को विषय अगाडि सारेका हुन् ।

पछिल्लो पटक प्रचण्डसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईकुराकानी भैरहेको छ । यी भेटमा ‘बृहत एकता’ को बिवषयले प्रवेश पाएको स्रोतको भनाई छ ।

यसबाहेक आजको बैठकमा प्रचण्डले एमालेसँग केन्द्रीय कमिटिको सख्याँ टुंगिएपछि पार्टीको सचिवालय बनाउने जानकारी दिएका छन् ।

एमाले र माओवादी केन्द्रबीच नियमति संवाद भएका छन् । राजनीतिक र विधान मस्यौदा कार्यदलले काम सकिसकेको छ । तर, जनयुद्ध, चुनाव चिन्ह र केन्द्रीय कमिटिको अनुपातको विषयमा कुरा मिल्न वाँकी रहेको दुवै दलका नेताहरुले बताएका छन् ।

प्रचण्डले लिएकाे नयाँ बहसले एमाले मुख्यालयमा नयाँ तरंग सिर्जना गरेकाे बुझिएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार