पार्टी एकताको हल्ला गर्दै अाएका एमाले र माकेले २०७५ बैशाख ९ गते विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको १४९ जन्म जयन्ती र नेपाल कम्युनिस्ट पार्टीको ७० अौ पार्टी स्थापना दिवस काठमाडौंभृकुटी मण्डवस्थित राष्ट्रिय सभागृहमा पार्टी एकताको एउटै स्वरमा भाव दिने भनेर कार्यक्रमको अायोजना गरेका थिए ।

व्यानरमा तल देब्रेपट्टी एमाले अध्यक्ष केपी शर्मा अोली र दायाँ पट्टी माके अध्यक्ष् पुष्पकमल दाहाल प्रचण्डको फोटो राखिएको थियो भने माथि पुष्पलाल, मदनकुमार भण्डारी र मनमोहन अधिकारीको फाेटो राखिएको थियो । त्यहा लेनिनको फाेटो झुन्याइएको थिएन ।

पहिलो कुरा माकेका कार्यकर्ता कतिसम्मका अज्ञानी र बुध्धु रहेछन् भन्ने कुरा प्रस्ट भएको छ । यस प्रकारका हजारौं कार्यकर्ताहरुको जमात माओवादी अान्दोलनमा सरिक भएका प्रचण्ड-बावुरामले जे भन्दछन् ती कुराहरु पत्याउनै भएकाले प्रचण्डहरुको चरम अवसरवादी र कुख्यात भ्रष्टहरु माकेलाई विचारबाट सर्वाङ्गै पारेर एमालेभित्र विलय गराउदासम्म पनि भेडा झै प्रचण्डहरुका पछि पछि लुरु लुरु गर्दै एमालेले बनाएको दक्षिणपन्थी, प्रतिक्रियावादी खोरमा हुलिन पुगेका छन् ।

दोस्रो कुरा एमालेले जे गर्यो अाफ्नो तर्फबाट ठिक गरेको छ । किन एमालेले त तत्कालीन नेपालस्थित अमेरिकी राजदूत जुलिया चाङ ब्लक एमालेको बल्खु दरवारमा जाने वेला उनले देख्छिन् भनेर एमालेले कार्ल माक्स, फ्रेडरिक एंगेल्स, लेनिन, स्टालिन र माओ त्सेतुङका फोटाहरु बल्खु दरवारबाट झिकेर फ्याकी सकेको थियोे । त्यससँगै एमाले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका सामु लमपसार परेर अात्मसमर्पण गरि सकेको थियो ।

यस प्रकारको पार्टीले उहिलेदेखि नै ती सर्वहारा वर्गका महान् गुरु र विचारकहरुको खाफ्नो अाधिकारिक कार्यक्रममा लेनिनको फोटो राख्ने कुरै भएन ।

तेस्रो कुरा २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बखत भारत भ्रमणका एमाले पार्टी कस्तो पार्टी हो ? भनेर भारतीय पत्रकारहरुले प्रश्न गरेपछि मनमोहन अधिकारीले “एमाले नाम त ट्रेडमार्क मार्क मात्रै ह‍ो, सोसल डेमोक्रेटिक पार्टी पार्टी हो ” भनेका थिए ।

सोसल डेमोक्रेटिक पार्टीले महान् लेनिनको फोटो अाफ्नो अाधिकारिक कार्यक्रममा लेनिनको फोटो राख्ने कुरै भएन । यत्ति कुरा पनि नजान्ने महा अज्ञानी र बुध्धुहरु कसरी माओवादी भएका रहेछन् ?

चौथो कुरा एमाले र माकेका शीर्ष नेतृत्वमा सहमति भएर नै लेनिनहरुको फोटोहरु नराखिएको हो किन भने माके त पहिले नै एमालेमा विलय भैसकेको हो र अहिलेको लफडा त सिटको बाँफँड मात्रै हो । यत्ति कुरा नबुझ्नेहरु कसरी माओवादीका कार्यकर्ता बनेका रहेछन् र लेनिनको खोज्न पट्टी लागेर दुनियाँ हसाँउन पुगेको हुन् ।

यस्को प्रमुख कारण पार्टीभित्र कहिल्यै स्कुलिङ्ग र प्रशिक्षण चलाइएन । प्रचण्डलाई इश्वर जस्तो बनाइयो र उनले कहिले पनि गल्ती गर्दैनन् । उनलेे सही सही मात्र बोल्छन् भन्ने स्कुलिङ्ग, प्रशिक्षण मात्र गरियो ।

अहिले प्रचण्डले माओवादी केन्द्रका कार्यकर्ताहरुलाई भेडाको बथान झै एमालेभित्र छिराई सकेपछि अलि अलि चेत अाउन थाले जस्तो छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार