केपी अाेली प्रधानमन्त्री भएपछि दुर्इ पटक पेट्राेलियम पर्दाथमा मूल्यबृद्धि भएकाे छ । फेरि सरकारले सर्वसाधारणकाे ढाड सेक्नेगरी मूल्यबृद्धि गरेपछि सरकारकाे अालाेचना तीब्र मात्रामा बढेकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै आयल निगमले इन्धनको मूल्य पुन: बढाएको बताएकाे छ ।

नेपाल अायल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मटितेलमा ३/३ रुपैयाँ बढेको छ ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ८ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ९०/९० रुपैयाँ पुगेको छ । यसअघि प्रतिलिटर पेट्रोल १ सय ६ रुपैयाँ, डिजेल ८७ रुपैयाँ र मटितेल ८७ रुपैयाँ थियो । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ९० पैसा नाफा रहेको प्रवक्ता गोइतले बताए ।

निमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ अमेरिकी डलर तोकेको छ । नयाँ मूल्य समायोजनपश्चात् निगमको अर्ध मासिक नाफा १० करोड ५५ लाख रुपैयाँ छ । यसअघि निगमको नाफा २१ करोड २३ लाख रुपैयाँ थियो ।

आयल निगम अत्यधिक घाटामा गएपछि सरकारले २०७१ असोजमा स्वचालित मूल्य लागू गरेको थियो । स्वचालित मूल्यअनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । सोहीअनुसार मूल्य समायोजन गर्दै आएको निगमको दाबी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार