नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपालार्इ दमन गरेर जानेमा प्रचण्ड र प्रधानमन्त्री अाेलीमा भिन्नता देखा परिरहेकाे छ । त्यसैगरी प्रचण्ड र बादलमा पनि भिन्नता देखा परिरहेकाे छ ।

यसबारे एक अनलाइनले गरेकाे यस्ताे छ विश्लेषणकाे सानाे अंश –

२०५२ देखि २०६४ को निर्वाचनसम्म तत्कालीन एकीकृत नेकपा माओवादीमै थिए, विप्लव । तर पछि वरिष्ठ नेता मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन भयो । त्यतिबेलै रामबहादुर थापालगायत नेताहरु पनि पार्टी छाडेर गए ।

तत्कालीन समयमा माओवादीभित्र विप्लवलाई प्रचण्डको भावी उत्तराधिकारीका रुपमा पनि चित्रण गरिन्थ्यो । प्रचण्डले बेलाबेला विप्लवको आवश्यकता महसुस नगरेका भने होइनन् । उनले पटक–पटक विप्लवलाई भेट्न खोजे तर विप्लव मानेनन् ।

बादललगायतका नेताहरु प्रचण्ड नेतृत्वकै पार्टीमा फर्किएका छन् भने विप्लव वैधानिक राज्य र सरकारविरुद्ध अवैधानिक बाटोबाट हिंसात्मक संघर्षको तयारी गरिरहेका छन् । प्रचण्डको सबैभन्दा ठूलो नैतिक संकट पनि यहाँनेर छ । एकजना माओवादी नेता भन्छन्, “विप्लवले राज्यलाई दमन गर्न विभिन्न गतिविधिमार्फत् आमन्त्रण गरिरहेका छन् । यस्तो अवस्थामा व्यक्ति बलियो र राज्य कमजोर हुन सक्दैन । तर, आफ्नै सहकर्मीलाई दमन गर्न सरकारलाई कसरी भन्नु ।”

अहिले एमाले–माओवादी गठबन्धनको सरकार छ । वाम गठबन्धनबाट चुनाव लडेर बहुमत प्राप्त गरेका दुई दल पार्टी एकताको प्रक्रियामा पनि छन् । तर, कम्युनिष्टकै सरकार भएर कम्युनिष्टलाई नै दमन गरेपछि त्यसको सन्देश कस्तो जान्छ भन्नेमा माओवादी केन्द्रले यसबारेमा कुनै धारणा सरकारलाई नदिएको स्रोतले जानकारी दियो ।

विप्लवलाई दमन गर्ने नीति अघि सार्दा जनयुद्धदेखि सहयोग गर्दै आएका माओवादी शुभेच्छुक, युद्धका घाइते, अपांग, बेपत्ता र सहिद परिवारमा के असर पर्ला भन्ने माओवादी र प्रचण्डका लागि अर्को सकस भएको माओवादीका अर्का एक नेता बताउँछन् ।

प्रचण्डले पनि यसबारे ओलीसँग पटकपटक कुराकानी गरेको बताइएको छ । प्रचण्ड विप्लवलाई पेल्दा नराम्रो सन्देश जाने भएकाले वार्तामार्फत अगाडि बढ्ने मुडमा देखिन्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार