दाङमा शान्तिपूर्ण काेणसभा गरिरहेका नेकपाकाे स्थानीय नेता कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गर्दा स्थानीय जनताले प्रतिराेध गरेका छन् ।

विहीबार बेलुकी नेपाल कम्युनिस्ट पार्टी राप्ती गाउँपालिका १, भालुबाङकाे पुल्चोकमा शान्तिपूर्ण आफ्नो कार्यक्रममा नेपालकाे राष्ट्रिय स्वाधीनताको रक्षाको आवाज उठान कोणसभा सुरु गरेलगत्तै फासीबादी सरकारले हस्तक्षेप गरेकाे थियाे ।

प्रहरीले हस्तक्षेप गरेलगत्तै स्थानीय सर्वसाधारण र जनताले प्रतिकार गरी आफ्ना नेता कार्यकर्तालाई छुट्टाएका थिए ।

हिजै विहिबार कपिलवस्तुमा पनि नेकपाकाे शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दा त्यहाँ पनि स्थानीय सर्वसाधारणले प्रतिकार गरेका थिए । तर पछि प्रहरीले नेकपाका दुर्इ कार्यकर्ता गिरफ्तार गरेकाे थियाे ।

यसरी देशव्यापी रूपमा अाेली सरकारले गरेकाे प्रहरी हस्तक्षेपका विरूद्ध स्वतस्फुर्त रूपमा जनताले प्रतिकार गर्न थालेपछि नेकपाकाे एकीकृत जनजागरण अभियान शान्दार ढंगले सम्पन्न भइरहेकाे छ ।

दाङ भालुवाङमा प्रहरीले शान्तिपूर्ण कार्यक्रममा गरेकाे हस्तक्षेपकाे दृश्य –

https://www.facebook.com/100007631131373/videos/2016664848597867/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार