रोल्पा–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क समन्वय समाजको प्रथम जिल्ला सम्मेलन  काठमाडौँमा सम्पन्न भएको छ ।

‘रोल्पाली एकता र वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि प्रथम जिल्ला सम्मेलन’ मूल नाराका साथ उक्त सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय जनपरिषद् नेपालका प्रमुख तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले रोल्पालाई जनयुद्धले विश्वमा चिनाउन सफल भएकाले त्यहाँको इतिहास र विरासतलाई जनगणतान्त्रिक समाजले उचाइमा उठाउनुपर्ने बताएका छन् ।

सामन्ती सत्तालाई जनयुद्धले किनारा लगाएको मौका छोपेर संसदीय दलाल पुँजीवाद हाबी भएकाले अबको क्रान्ति संसदीय दलाल पुँजीवादी व्यवस्थालाई विस्थापित गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना अवको आवश्यकता भएको बताए । यस्तै जनगणतान्त्रिक सम्पर्क समन्वय समाज नेपालका सल्लाहकार अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य मकर गुरुङले एकीकृत जनक्रान्तिको बाटोमा सबै एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिए ।

यस्तै अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष तथा नेकपाकी केन्द्रीय सदस्य बन्धु चन्दले क्रान्तिकारी भूमिकामा जनगणतान्त्रिक समाजको भूमिका महत्वपूर्ण भएकाले नवनिर्वाचित समितिलाई पूर्ण कार्यकाल सफलताको शुभकामना दिइन् ।

सम्पर्क समन्वय समाजका संयोजक रणबहादुर पुनमगरको अध्यक्षतामा सम्पन्न सम्मेलनमा आयोजक समितिका वरिष्ठ सदस्य सन्तराम पुनमगरले स्वागत मन्तव्य दिएका थिए भने आयोजक समिति सदस्य हुकुमबहादुर मल्लले सम्मेलनको सञ्चालन गरेका थिए ।

सम्मेलनले रणबहादुर पुनमगरको अध्यक्षतामा ४ जना पछि थप गर्ने गरी २७ सदस्यीय रोल्पा काठमाडौँ जनगणतान्त्रिक सम्पर्क समन्वय समाज गठन गरेको छ । कार्यसमितिको उपाध्यक्ष लालबहादुर सुनुवार, सचिव हुकुमबहादुर मल्ल, सहसचिव मञ्जु सुनुवार र कोषाध्यक्ष अस्मिता घर्तीमगर रहेका छन् ।

यस्तै सदस्यहरूमा शान्तराम पुनमगर, ज्ञानेन्द्र घर्तीमगर, बमबहादुर पुनमगर, बाबु घर्तीमगर, अंमृत गिरी, नामबहादुर घर्तीमगर, जीवन पुनमगर, कमला बुढामगर, माया रोका, दिपेन घर्तीमगर, कलसिंह पुनमगर, दिलप्रकाश रोकामगर, आकाश घर्तीक्षेत्री, कमल विक, दिलप्रकाश पुनमगर, झुमा पुनमगर, खगेन्द्रकुमार ओलीलगायत रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार