विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले शनिबार बिहान नेपालबन्दलार्इ अवज्ञा गरेकाे भन्दै देशका विभिन्न स्थानमा सवारी गाडीमा आगजनी गरेका छन् ।

नवलपरासीमा भारतीय एक गाडीमा बन्दकर्ताले अागजनी गरेका छन् ।त्यसैगरी झापा, दाङलगायत विभिन्न स्थानमा नेकपाका कार्यकर्ताहरूले यस्ताे अाक्रमण गरेका छन्।
झापाबाट पाँचथरतर्फ गइरहेको को १ ज ८७१५ नम्बरको गाडी नेकपाका कार्यकर्ताले मेची राजमार्गमा पर्ने सानवीरेमा आगजनी गरेका हुन् ।
बन्दको अवज्ञा गरेको भन्दै गरिएको आगजनीबाट गाडीको अगाडिको भाग जलेको छ । पिक अप प्याच बोकेर पाँचथरतर्फ गइरहेको थियो ।
शनिबार बिहान ४ बजे पाँच जनाको समूहले गाडी रोकी आगजनी गरेको प्रहरीले जनाएको छ ।
यता काठमाडाैंबाट दाङकाे तुल्सीपुर गइरहेकाे बसमा समेत बन्दकर्ताले अाक्रमण गरेका छन् ।
अाफ्ना केन्द्रीय नेता र जिल्लास्तरका नेता कार्यकर्ताहरूकाे रिहार्इका निम्ति नेकपाले गरेकाे एकदिने नेपालबन्दका कारण जनजीवन अस्तव्यस्त छ ।







