प्रचण्ड नेतृत्वकाे नेकपा माओवादी केन्द्र एमालेमा विलय हुने भएपछि साे पार्टीमा फेरि विभाजन अाएकाे छ ।

माअाेवादी केन्द्रमा वैचारिक बहसमा प्रचण्डलार्इ टक्कर दिइरहेका नेता विश्वभक्त दुलाल अाहुतीकाे नेतृत्वमा माओवादी केन्द्रका नेता-कार्यकर्ताहरुले नयाँ पार्टीको घोषणा गरेका छन् ।

एमालेसँग हुने भनिएको एकताप्रति असहमति राखेर अलग भएको घोषणा गरेका नेता अाहुतीको संयोकत्वमा नयाँ पार्टी गठन भएको हो । नयाँ पार्टीको नाम ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ राखिएको छ ।

याे नयाँ पार्टीमा अाहुतीसँगै बलराम तिमिल्सिना, जागृत रायमाझीलगायत माअाेवादी केन्द्रका स्थापीत नेताहरू रहेका छन् ।

सन् १८१८ मे ५ अर्थात अाजैको दिन विश्व सर्वहारा वर्गका नेता कार्ल मार्क्स जन्मेका थिए । विश्वभरका कम्युनिस्टहरुले कार्ल मार्क्सको द्धिशतवार्षिकी मनाइरहेका बेला नेपालमा नयाँ पार्टीको जन्म भएको हो ।

काठमाडौंमा शुक्रबार सम्पन्‍न भेलाले विचारधारात्मक राजनीतिक कार्यदिशा पारित गर्दै अाहुतीको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

जसलाई वैचारिक, राजनैतिक तथा सांगठनिक अभियान समिति भनिएको छ ।

स्मरणरहाेस् माअाेवादी केन्द्रमा केही समयअघि गाेपाल किरातीले पनि नयाँ पार्टी बनाएर प्रचण्डलार्इ काउन्टर दिइसकेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार