ग्रेटर नेपाल राष्ट्रवादी माेर्चा नेपालका अध्यक्ष फणिन्द्र नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेपाली जनताका मित्र नभर्इ राक्षसका रूपमा रहेकाे बताएका छन् ।
नेपाली जनताका लागि राक्षस र खलनायकका रूपमा रहेका नरेन्द्र माेदीलार्इ नेपालीले सम्मान गर्नु भनेकाे युद्धमा शत्रुका सामु शीर झुकाएर प्राणकाे भिख माग्नुजस्तै रहेकाे ग्रेटर नेपालले चित्रण गरेकाे छ।
अाज विहीबार अध्यक्ष नेपालले एक प्रेस विज्ञेप्ती जारी गरेर यस्ताे अपिल गरेका हुन् ।
फणिन्द्र नेपालले विज्ञेप्तीमा भनेका छन् –
अमेरिकाको मिनेसोटा स्टेट युनिभर्सिटी , म्यानकाटो बाट information technology मा विशिष्ट श्रेणीमा स्नातक मेरा छोराको दीक्षान्त समारोहमा सहभागी हुन म काठमाडौंबाट मे १ तारिखमा अमेरिका अाएको थिएँ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विरोध गर्नुपर्ने बेला अमेरिका गएको भनी सामाजिक सञ्जालमा शुभचिन्तक साथीभाइको अालोचना देखेपछि म भ्रमण छोट्याएर अाज काठमाडौं फर्कन लागेको छु ।
भारतीय प्रम मोदी नेपाल अाउनुपूर्व प्रधानमन्त्री केपी शर्मा अोलीको चीन भ्रमण हुने विश्वासमा म काम विशेषले अमेरिका भ्रमणमा निस्केको तर बोअाअो सम्मेलन छल्ने नियतले भारत भ्रमणमा निस्के झैँ चीन भ्रमणलाई तत्काल पन्छाउन मोदीको अादेशमा केपी अोलीले मोदीलाई नेपाल भ्रमणमा निम्त्याएकोले म प्राविधिक रूपमा तत्काल नेपाल फर्किन असमर्थ भएँ । मलाई मात्रै होइन, यसरी केपी शर्मा अोलीले सम्पूर्ण नेपालीलाई धोका दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली जनताका मनमा मानव होइन राक्षसका रूपमा रहेका हुँदा त्यस्ता खलनायकको सम्मान गर्नु भनेको युद्धमा शत्रुका सामु शिर झुकाएर प्राणको भिख माग्नुजस्तै हो । भूकम्पको मारमा परेको समयमा नाकाबन्दी गर्ने , नेपालको ६०००० वर्ग कि. मि. जमिनमा उपनिवेश कायम गर्ने , नेपाली भूमि कालापानीमा जबर्जस्ती भारतीय अर्धसैनिक बल राख्ने , नेपालभित्र घुसपैठ गरी नेपाली जनतामाथि गोली हान्ने र तराईको सीमावर्ती क्षेत्रमा बाँध बाँधेर स्थानीय नेपाली जनताको बेहाल गर्ने भारतीय शासक वर्ग नेपालका एक नम्बरका दुस्मन हुन् । तसर्थ नेपाली जनताका रक्तपिपासु मोदीको नेपाल बसाइभरि घरघरमा कालो झन्डा गाड्न , साँझमा बत्ती निभाउन र मोदीले जनकपुर टेक्ने समयमा एक हातमा लिएको मोदीको फोटोमा अर्को हातले अाफ्नो जुत्ता चप्पल उठाई हिर्काउन ७७ जिल्लामा बसेका नेपाली मात्रमा हार्दिक अाग्रह गर्दछु ।
यसका साथै प्रहरी धरपकडको बेवास्ता गर्दै सडकमा उत्रिएर सशक्त नाराबाजी गरी नेपालको स्वाभिमानमाथि खुला रूपमा प्रहार गर्दै अाएका मोदीको नेपाल भ्रमणको कडा विरोध गर्न पनि नेपाली जनतासमक्ष अनुरोध गर्दछु ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
हाल : म्यनकाटो, मिनेसोटा, अमेरिका
मे १०, २०१८







