नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलार्इ लिएर कडा अाक्राेशसहितकाे धारणा सार्वजनिक गरेको छ ।

नेकपाका प्रवक्ता, प्रकाण्डले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक मामिलामा भारतीय पक्षबाट हस्तक्षेप गरेको भन्दै भारतीय सुरक्षाकर्मीलाई तत्काल फिर्ता गर्न चेतावी दिएका छन् ।

प्रकाण्डले नेपालको सुरक्षा  चुनाैतीलार्इ कमजाेर अाँकेर भारतीय सेना परिचालन गर्नु नेपालकाे राष्ट्रिय स्वाधिनताकाे विरूद्धमा भएकाे भन्दै त्यसकाे जाेडदार रूपमा विराेध गरेका छन् ।

नेपाली भूमिमा भारतीय सेनाले नांगाे नाँच प्रदर्शन गरिरहिँदासमेत नेपालकाे सरकार चुँसम्म नबाेल्नु अाेलीकाे राष्ट्रवाद अहिले चिहानमा पुगेकाे नेकपा प्रवक्ता प्रकाण्डले विज्ञेप्तीमा उल्लेख गरेका छन् ।

माेदीकाे अतिक्रमणकारी भ्रमणका विरूद्ध र अाेलीकाे लम्पसारवादका विरूद्ध नेपाली जनतालार्इ अान्दाेलनमा उत्रिन प्रवक्ता प्रकाण्डले अाम नेपाली जनतामा अपिल समेत गरेका छन् ।

प्रवक्ताले जारी गरेकोे विज्ञप्तिको पूर्णपाठ-

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार