र्इयू राजदूत रेन्जी टिरिन्कले नेपाललार्इ नाकाबन्दी गर्ने नरेन्द्र माेदीलार्इ अपराध गरेकाे गंभीर अाराेप लगाएकी छिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अघिल्लो दिन समाजिक सञ्जालहरुमा नाकाबन्दी चर्चामा रहेकाे बेला उनले यस्ताे गंभीर अाराेप लगाएकी हुन् ।
नेपालले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी अपराध भएको मत राखेका छन् ।
यस्तााे बेला #BlockadeWasCrimeMrModi ट्वीटर ट्रेन्डिङमा छ । यसमा कतिपयले मोदीलाई नागरिक अभिनन्दन गर्न नहुने मत राखेका छन् भने कतिपयले मोदीले माफी माग्नु पर्ने बताएका छन् ।
यो बहसमा अब युरोपली युनियनका राजदूत रेन्जी टिरिन्क पनि सहभागी भएकी छन् । उनी हाल बंगलादेशका लागि ईयूकी राजदूत हुन् । त्यसअघि नेपालमा थिइन् ।
उनले नाकाबन्दीको समयमा पेट्रोलका लागि लागेको लामो लाइनको फोटोसहित लेखेकी छन्, ‘यो तस्वीर भुल्न गाह्रो छ । #BlockadeWasCrimeMrModi
These images are hard to forget. #BlockadeWasCrimeMrModipic.twitter.com/xat10yiSQN
– Rensje Teerink (@RensjeTeerink) May 10, 2018
युरोपेली युनियनकी राजदूतका रुपमा २०१३ मा आएकी उनी नाकाबन्दीका समयमा नेपालमै थिइन् ।







