भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार नेपाल आउँदैछन्। उनी भारतको बिहारस्थित पटना सहरबाट नेपलको सांस्कृतिक सहर पुग्दैछन्।

मोदीले शुक्रबार नै जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जानकीमन्दिरमा पूजापाठ गर्नेछन् । पूँजापाठमा उनले ४५ मिनेट समय खर्चिने बताइएको छ।
त्यसपछि रंगभूमि मैदान बाह्रविघामा मोदीको अभिनन्दन गरिनेछ। विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेशका मन्त्रीहरुले मोदीको स्वागत गर्नेछन् ।
मोदीले जानकी मन्दिरको पूजा गर्ने बेला एक सय एक साधुले एकैपटक शंखनाद गर्नेछन् । मोदीले झण्डै ४५ मिनेट जानकी मन्दिरमा बिताउने छन्।
जनकपुरमा नै मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने र दुवै प्रधानमन्त्रीको भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैक्रममा दुवै प्रधानमन्त्रीले रामायण सर्किटको संयुक्त रुपमा उद्घाटन हुनेछ।
रामायणकालीन स्थल जोड्ने रामायण सर्किटको जनकपुरबाट अयोध्या चल्ने बससेवालाई हरियो झण्डा देखाएर दुवै समकक्षीले उदघाटन गर्नेछन्।
स्वागत एवं अभिनन्दन समारोहमा मोदीलाई फूलको १ सय २१ किलोको माला पनि पहिराएर स्वागत गर्ने योजना छ।
मोदी शुक्रबार नै काठमाडौं आउनेछन्। काठमाडौं आएपछि उलाई टुंडिखेलमा गार्डअफ अनर प्रदान गर्ने तयारी छ। उनले राष्ट्रपति, उपराष्ट्रपति र
प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। काठमाडौंमा ओलीर मोदीले स्वीच थिचेर ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना शिलान्यास गर्नेछन्।
मोदी भोलि काठमाडौंबाट मुक्तिनाथ जाने कार्यक्रम छ ।







