नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य भरत बम रणवीरले विदेशी हस्तक्षेप निकै माथिबाट बढेकाे भन्दै त्यसकाे प्रतिराेध गर्नुपर्ने बताएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत पीबीएम रणवीरले नेपालकाे राष्ट्रवादी मत र चिनियाँ रणनीति कमजाेर बनाउने भारतीय डिजाइन सफल भएकाे समेत बताएका छन् ।

नेकपा नेता बमले ८ बुँदामा अाफ्नाे व्यक्तिगत धारणा सार्वजनिक गर्दै उनले यस्ता धारणाहरू राखेका छन् ।

उनले भनेका छन् –

१) मोदी भ्रमणसगै भारतीय सेनाको उपस्थिति र कथित नागरिक अभिनन्दन खेदजनक र भत्सर्नायोग्य छ ।

२) यो भ्रमणले हाम्रो देश नव उपनिवेश र शासक दलाल भएको यथेष्ट र स्पष्ट प्रमाण दिएको छ ।

३) यो भ्रमणले केपीको नक्कली राष्ट्रवादको पर्दा च्यात्तिएको छ र उनको सक्कली- भारतभक्ती अनुहार स्पष्ट भएको छ ।

४) मोदीको हिन्दुत्वले नेपालको उद्दार हुनेछ भने कथित राष्ट्रवादीको रास्ट्रवादको रक्षा पशुपतिनाथले गर्न नसक्ने तथ्य पनि स्पष्ट भएको छ ।

५) मोदीको उदय सगै ठुलो दाईको ब्यवहारमा परिवर्तन आउनेछ भाई हुर्किसकेकोले सम्मानित हुनेछ भन्ने कथित बौद्धिक तर्कले पनि दासत्व बोकेको स्पष्ट भएको छ ।

६)नेपालमा कम्युनिस्ट र राष्ट्रवादी मतलाई एक बनाउने चीनियाँ रणनीति कमजाेर सावित भएको छ र कथित वाम एकता धरापमा परेको छ, अब त्यो एकतामा भारतीय इच्छा र हिस्सेदारी अनिवार्य बनेको छ ।

७) देश समृद्धिको लागी राष्ट्रको स्वतन्त्रता आवस्यक छ । स्वतन्त्रताको लागि अधुरो क्रान्ति पूरा गर्नुपर्छ र त्यो क्रान्ति सफल पार्न रास्ट्रवादी र क्रान्तिकारी एक हुन आवश्यक छ भन्ने नेकपाको निचोड सहि सावित भएको छ ।

८) त्यसैले, यदी हामी नेपाली देशको स्वतन्त्रता र समृद्धि चाहन्छौ भने, यदी हामी लाचार र कायर छैनौ भने बिदेशी हस्तक्षेप र हस्तक्षेपकारी मोदी भ्रमण अनि शासक बर्गको राष्ट्रिय आत्मसमर्पणवाद र दलालीकरणको बिरोध गरौ, हाम्रो राष्ट्रिय स्वाभिमान झुक्न नदिउ, जनप्रतिरोधको तयारी गरौ । यो जनप्रतिरोधले राष्ट्रिय युद्धको रुप लिने र यस्को निसाना देश भित्रकै दलाल बन्नेमा पनि स्पष्ट हौ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार