नेपाली कांग्रेसले सामुहिक रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ भेट्दा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने एक्लैले भेट गरेका छन् ।

मोदीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा पदाधिकारीको टिमसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र विजय गच्छदारलाई लिएर होटल हायात पुगेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले भने एक्लै भेटेका छन् । दुबै भेटमा आपसी हित र द्वीपक्षीय सम्वन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको नेताह रुले बताएका छन्
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । प्रचण्ड भारतीय प्रधानमन्त्री मोदी भेट्न शनिबार दिउँसो उनी बसिरहेको होटल हायात पुगेका हुन् ।
पार्टीका कुनै नेताहरु नलिई एक्लै मोदी भेट्न पुगेका प्रचण्डले दुई देशबीचको सम्बन्ध सुधारमा मोदीले निकै राम्रो भूमिका खेलेको बताए ।
मोदीसँगको भेटमा आफूले विराटनगरमा रहेको भारतीय कार्यालय हटाउन ध्यानाकर्षण गराएको बताए ।
यसअघि कांग्रेस नेताहरु मोदी भेट्न सामूहिक रुपमा पुगेपनि प्रचण्ड भने एक्लै पुगेका हुन् ।







