सुदूरपश्चिमका ३ वटा चर्चमा शक्तिशाली बम बिस्फोट भएको छ । कैलालीको बोराडाँडीस्थित महिमा चर्चमा शनिबार राति ठुलो आवाजसहित शक्तिशाली बिस्फोट भएको हो ।

त्यस्तै उता डोटीमा पनि २ वटा चर्चमा बम पड्किएको छ । जिल्लाको बुडरमा रहेका २ वटा चर्चमा शनिबार मध्यराति शक्तिशाली बम बिस्फोट भएको स्थानीयले बताएका छन् । क्रिस्चियनहरुले पैसाको लोभ देखाएर धर्म परिवर्तन गर्न गाउँ गाउँमा गोप्य अभियान चलाएको भन्दै आलोचना भइरहेको थियो ।

 

त्यसैगरी चितवनकै खैरेनी नगरपालिकाको पर्सा बजार, राप्ती नगरपालिकामा रहेको चिप्लेस्थित वडा नम्वर १ को कार्यालयमा पनि बम विस्फोट भएका छन् ।

त्यसैगरी झापाको मेचिनगर नगरपालिकामा सुर्योदय यातायात प्रा.लि.को बसमा अज्ञात समूहले बम विस्फोट गराएको गराएको छ ।

बिस्फोटबाट बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । त्यस्तैगरी झापाको बुट्टाबारिमापनि बम फेला परेको छ । झापाकै सुरुङ्गामा बम विस्फोट भएको छ । बिस्फोटबाट क्षति भने भएको छैन । यी सबै विस्फोटको कसैले पनि जिम्मा लिएको छैन ।

यसैबीच देशका विभिन्न ठाउँमा बम फेला परेका छन् ।  नेपाल कम्युनिस्ट पार्टीले आइतबार नेपाल बन्दको आह्वान गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमण, अरुण तेस्रोको शिलान्यास, भारतीय हतियारधारी कमान्डो नेपाल प्रवेश तथा ओली–मोदी गठबन्धनका विरुद्ध नेकापले नेपाल बन्द आवहान गरेको हो

बन्दकर्ताले अवज्ञा गरेको भन्दै विहानैदेखि सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड भएका छन् । पेप्सीकोलामा एउटा बसमाथि आगजनी भएको छ ।

बन्दकर्ताहरुले बाटो अबरोध झापाबाट चल्ने लामो र छोटो दूरीमा सवारी साधान चलेका छैनन् । त्यस्तै माइखोलाको पुलमा बन्दकर्ताहरुले अबरोध राखेपछी प्रहरीले गाडी चलाउन दिएको छैन । त्यस्तै, झापाको सितापुरीमा बन्दकर्ताहरुले एउटा बस र एउटा ट्रकमा ढुङ्गा प्रहार गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार