नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चन’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई धार्मिक एवं सद्भाव भ्रमण भनिएपनि यो भ्रमणले नेपाललाई दीर्घकालीन रुपमा नोक्सान पु¥याएको बताएका छन् ।

शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले अरुण ३ परियोजनाको शिलन्यास, कोशी बाँधको गोप्य समझदारी र अन्तराष्ट्रिय नियम अनुसार नेपालले पाउनुपर्ने पारवहन सुविधा र जल मार्गका लागि घुमाउरो भाषा प्रयोग गरी नेपालका सबै नदि नाला तथा प्राकृतिक सम्पदा हडप्ने षड्यन्त्र गरिएको बताएका छन् ।

साथै कन्चनले भारतीय प्रधानमन्त्रीको जनकपुरदेखी मुस्ताङसम्मको भ्रमणमा नेपाली दलालहरुले निकै तल्लो स्तरमा चाकडी गरेको र त्यो तत्कालीन साम्राज्यवादी मुलुक बेलायती महारानी भिक्टोरीयले भारत भ्रमण गर्दा त्यहाँका नेताहरुले गरेको चाकडीको झल्को दिएको बताएका छन् ।

नेकपाका अन्तराष्ट्रिय विभाग प्रमुख समेत रहेका बास्ताेलाले भारतमा ग्रिनहण्ट नाम दिएको नरसंहार अभियानमा भारतीय शासकहरुले सयौंको संख्यामा भारतीय कम्युनिस्ट पार्टी(माओवादी) र हजारौंको संख्यामा माओवादी समर्थक जनताको हत्या गरेको उल्लेख गरेका छन् ।

नेता कन्चनले त्यो हत्या एवं दमनको भारत नेपाल लगायत विश्वभरीका मुक्ति कामी जनताले विरोध गर्दै आएको जनाएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार