राज्यलार्इ तिर्नुपर्ने अर्बाैकाे रकम नतिरेकाे भन्दै विप्लव नेतृत्वकाे नेकपाले फेरि एनसेलमाथि आक्रमण सुरु गरेकाे छ । बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरिएकाे थतचचच छ ।

खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राति बम विस्फोट गर्नुको साथै आगजनी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङका अनुसार आगजनीबाट दुवै टावरमा राखिएका जेनेरेटरमा आंशिक क्षति पुगेको छ । रनियापुरको टावरमा शनिबार राती साढे १० बजेतिर अज्ञात समुहले आगजनी गरेको थियो भने जि गाउँको टावरमा पौने १२ बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ ।
अज्ञात समुहले आगजनी गरे पनि समयमै पुगेको प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । टावरका महत्वपूर्ण उपकरणहरुमा क्षति नपुगेको प्रहरीले जनाएको छ ।
कर छलि गरेको भन्दै विरोध गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले आक्रमण गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । टवारमा क्षतिका कारण केही समय सो क्षेत्रमा सेवा अवरुद्ध भएको थियो ।







