नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको एक दिने नेपाल बन्दको प्रभावबाट देश ठप्प भएपछि अाेली सरकारले बन्दलार्इ निश्प्रभावी बनाउन गाेली चलाएकाे छ ।

बन्द शान्तिपूर्ण भइरहेको बेला प्रहरीले देउखुरीको धान खोलामा गोली चलाएको छ । बन्दकर्ताहरुले सवारी सधानलाई बन्दको पालन गर्न आग्रह गरिरहेको बेला प्रहरीले गोली चलाएको बताइएको छ ।
प्रहरीले अन्दाधुन्दा हवाई फायर गरेको स्थानीयले बताएका छन् । अहिले सो क्षेत्र शान्त रहेको छ । सवारी साधान नचलेको तर प्रहरीले जबरजस्त चलाउन दवाव दिइरहेको बताइएको छ ।
यसैबीच धादिङको धुनिबेशी चालिसे बजारमा भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा आगजनी भएको छ । आइतबार बिहान साढे २ बजेतिर भएका २० चक्के ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो ।
आगलागीबाट आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको ट्रक पूर्णरुपमा क्षतीग्रस्त भएका छन् ।
नेकपाका कार्यकर्ताले वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका छन् । आगजनीले बस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा अरुण–३ शिलन्यासलगायत राष्ट्रघाती सम्झौता भएको भन्दै नेकपाले आइतबार एक दिन नेपाल बन्दको आह्वान गरेको थियो ।
शनिबार नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर नेपाल बन्दको घोषणा गरेका थिए ।
नेपाल बन्दले लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् । उद्योग कलकारखाना, शिक्षण संस्था, बजार र यातायात बन्द छन् ।







