
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजस्थानी पोशाक लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाकडी गरेको टिप्पणी गरेका छन्।
नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले यसबाट खोक्रो राष्ट्रवाद उदांगीएको बताए।
यस्तो छ उपेन्द्रको टिप्पणी :
कम्युनिष्टको जन्म भारतमा हुने, भारतीयले जन्माउने ।
यहाँ दौरा सुरुवाल लगाएर मधेसी विरोधी नारा लगाउने ।
अनि तराईमा पुगेपछि राजस्थानको पोशाक लगाउने ।
राष्ट्रवादीहरुको खोक्रो राष्ट्रवाद उदाङ्गिएको छ, अब धेरै कुरा नगरौं ।
त्यो पोशाक मिथिलाको होइन, मधेसको होइन, नेपालको पनि होइन। त्यो त राजस्थानको ड्रेस हो। नेपालका प्रधानमन्त्रीले जुन टाउँकोमा बाध्नुभोनी त्यो राजस्थानको हो। राजस्थान भारतमा पर्छ । यी खोक्रा राष्ट्रवादी कुरा गरेर हुँदैन्।
लगाउनुस नलगाउनुस भन्ने मेरो विषय होइन तर खोक्रो नक्कली राष्ट्रवादी ढ्वाङ किन रच्ने ? ग्राउण्ड रियालिटीमा आउने नी ।







