
आफ्नो २ दिने नेपाल भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्किएपनि भारतीय सेना भने फिर्ता भएको छैन ।
मोदीको सुरक्षाको लागि भन्दै मुस्ताङसम्म भारतीय सेना पुगेको थियो । जोमसोमलाई कन्द्र बनाएर त्यहाँ पुगेको भारतीय सेनाको एक टोली अझै त्यही रहेको बताइएको छ ।
आइतबारमात्रै भारतीय वायु सेनाका दुई हेलिकोप्टर जोमसोम विमानस्थलमा अवतरण गरेका थिए । हेलिकोप्टरमा केही सुरक्षाकर्मी गएपनि नयाँ अनुहारका व्यक्ति जोमसोङ वरपर देखिने गरेको स्थानीय बताउँछन् ।
मोदी दुई दिने भ्रमण सकेर शनिबार नै स्वदेश फिर्ता भएपनि भारतीय सेनाका उच्च अधिकारी आइतबारसम्म मुस्ताङमै रहेको बताइएको छ । मोदी फर्किदा पनि भारतीय सेनाले सुरक्षाका दृष्टिले संवेदनशील मुस्ताङ नछोड्नुलाई अापत्तिको रुपमा सुरक्षाविद्हरुले लिएका छन् ।
यसबारे विश्लेषक भरत दाहालले यस्ताे कुराकाे खुलासा गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् –
‘मातृका काेर्इरालाले भित्र्याएकाे सैनिक मिशनपछि केपी सरकारले इण्डियन सैनिकहरूलार्इ बेराेकटाेक देशभरी मार्च गराएकाे छ, माेदी गैसकेपछि पुनः इण्डियन सैन्य विमान मुस्ताङ पसाएकाे छ, मुक्तिनाथ मन्दिरभित्र इण्डियन प्रवेश गराएकाे छ र भ्रमणकाे रिपाेर्टीङ एकाधिकार इण्डियनहरूलार्इ दिएकाे छ।’








